मगर संघ युके केन्ट शाखाको समर बिबिक्यू भब्य सफल

SHARE:

तुलसीराज राना मगर-बेलायत।

१२ जुलाई २०२५ । मगर संघ युके केन्ट शाखाको समर बिबिक्यू तथा बार्षिक भेटघाट भब्य रुपले सम्पन्न भएको छ । क्यान्टबुरी स्थित गोड्मेर्शम एन्ड कन्रडेल भिलेज हलमा आयोजित कार्यक्रममा केन्टवासी मगरहरुको बृहत सहभागित रहेको थियो ।

समर बिबिक्यू कार्यक्रममा नेपाल बाट आएका चर्चित कलाकारहरु रिना थापा मगर , स्मृती पुन मगर, नितु पुन मगर र प्रेम बिवस घर्ती मगर लगायत स्थानिय कलाकरहरुले निर्त्य तथा गायन प्रस्तुती दिएर कार्यक्रममा रौनकता थपेका थिए । नेपाल बाट आउने कलाकारहरुले पन्चेबाजा, कौराह , झ्याउरे लगायत बिविध खालका गित गाएर सबैलाई नचाएका थिए ।

मगर संघ यूके केन्ट शाखा द्वारा आयोजित समर बिबिक्यू कार्यक्रममा मगर संघ यूके केन्दृय समितीका अध्यक्ष लालु पुन मगरलाई प्रमुख आथिथ्यता प्रदान गरिएको थियो । उहाँले सम्वोधनको क्रममा नेपाली ओपन कन्सर्ट २०२५ सफल हुनुमा मगर संघ यूके केन्ट शाखाको पनी उल्लेखनिय सहयोग र साथ रहेको भन्दै धन्यवाद व्याक्त गरेका थिए ।

कार्यक्रम थप रोचक बनाउन मगरहरुले मेला पर्वहरुमा खेलिने प्रमुख खेल ठेलो / छेलो प्रतियोगिता , घैटो फुटाउने , चुङ्गी प्रतियोगिता पनी गरिएको थियो । मगर संघ केन्ट शाखाका भुतपुर्व अध्यक्षहरु , निवर्तमान अध्यक्ष लगायत अग्रज मगरहरुलाई सम्मान गरेर गरिएको औपचारिक कार्यक्रममा मगर संघ केन्ट शाखाको आजिवन सदस्यता लिनेहरुलाई सम्मान सहित व्याज वितरण गरिएको थियो ।

केन्ट शाखाका सचिव बिनम रानाले सन्चालन गरेको कार्यक्रमलाई अध्यक्ष रिटायर्ड मेजर प्रेम आले मगर एमभिओ ज्यू बाट कार्यक्रममा उपस्थित सम्पुर्ण मगरहरुलाइ धन्यवाद ज्ञापन गर्दै २०२६ सालको माघे सङ्क्रान्ती १७ जनवरीका दिन मेडिस्टोनमा आयोजन हुने जानकारी दिदै भब्य तथा सभ्य बनाउन केन्ट बासी सबै मगरहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!