समाजसेवी रुक आलेमगरको पहलमा क्यान्सरपीडितका लागि बेलायतमा ३ लाख ७० हजार संकलन

SHARE:

लन्डन १९ जुलाई २०२५ । मगर संसारका सदस्य तथा बेलायत निवासी समाजसेवी तनहुँका रूक आलेमगरको पहलमा क्यान्सरपीडितका लागि बेलायतमा ३ लाख ७० हजार संकलन भएको छ ।

चर्चित डान्सर आरुषी मगरकी क्यान्सरपीडित आमा बाँके नेपालगन्जकी रूपाकुमारी अस्लामी मगरको उपचारका लागि उक्त रकम जुटाइएको हो । संकलित रकम आरुषी मगरको परिवारलाई पठाइसकिएको मगर संसार एडमिन परिवारले जनाएको छ । मगर संसारले एक विज्ञप्ति जारी गर्दै सहयोगी सबै मनहरूप्रति आभार व्यक्त गरेको छ।

रुपाकुमारी क्यान्सर रोगसँग जुधिरहेकी छिन् । नेपालमा रहँदा आरुषी आमाको उपचारमा थिइन् । तर अहिले उनी सांगीतिक कार्यक्रममार्फत आमाको उपचाकार टेवा पुग्ने आशले बेलायतमै रहेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!