तमुधिं यूकेको आमा समूह ‘रेस फर लाइफ’ मा सहभागी

SHARE:

तस्बिर : दीपक गुरूङ

लन्डन १९ जुलाई २०२५ । तमुधिं यूकेको आमा समूह ‘रेस फर लाइफ’ मा सहभागी भएका छन् ।

क्यान्सर रिसर्च यूकेको आयोजनामा शनिबार बेलायतको गिल्डफोर्डस्थित स्ट्रोकपार्कमा भएको दौडमा आमा समूहले भाग लिएका हुन् । आमा समूहका सदस्यहरुले संकलन गरेको ४ हजार ८ सय १६ पाउन्डको चेक क्यान्सर रिसर्च यूकेका प्रतिनिधिलाई हस्तान्तरण गरेको आमा समूहकी अध्यक्ष कमला देवी गुरुङले जानकारी दिइन् ।

अध्यक्ष गुरुङको नेतृत्वमा सहभागी ४२ जना सदस्यले सफलतापूर्वक च्यारिटी दौड पूरा गरेका थिए । उनीहरुलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङसहित संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ र हरि गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङलगायत पदाधिकारी पनि दौडस्थल पुगेर हौसला प्रदान गरेका थिए । सहभागीलाई संस्थाको तर्फबाट प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

आमा समूहले हरेक वर्ष रेस फर लाईफमा भाग लिँदै आएको छ । सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलियन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!