वेस्ट लण्डन, यूके २२ जुलाई २०२५ । मगर संघ यूके वेस्ट लण्डन शाखाको छैठौं अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनले लोक थापा मगरलाई नयाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार वेस्ट लण्डनस्थित पेटर वे हलमा सम्पन्न अधिवेशन औपचारिक कार्यक्रमका साथ सुरु भएको थियो। कार्यक्रममा मगर संघ यूकेको केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष मोहन थापा मगरको विशेष उपस्थिति रहेको थियो।
नवनिर्वाचित कार्यसमिति निम्नानुसार रहेको छ:
- अध्यक्ष: लोक थापा मगर
- उपाध्यक्ष: ज्ञानबहादुर थापा मगर
- महिला उपाध्यक्ष: मैया राना मगर
- सचिव: प्रशन थापा मगर
- कोषाध्यक्ष: पिताम्बर राना मगर
- सह–कोषाध्यक्ष: आरती थापा मगर
- सह–सचिव: नविन पुन मगर
त्यसैगरी, समिति सदस्यहरूमा बिमला पुन मगर, तोमी थापा गर्बुजा मगर, मिन थापा मगर, पार्वती पुन मगर, पार्वती सूर्यवंशी मगर, पूर्णमाया पुन मगर, सुमी राना मगर र चन्द्र रोका मगर मनोनीत भएका छन्।
अधिवेशनको निर्वाचन प्रक्रियालाई टेक राना मगर, बम थापा सूर्यवंशी मगर र गणेश राना मगर सम्मिलित निर्वाचन समितिले संयोजन गरेका थिए । निर्वाचन प्रक्रियामा क्याप्टेन कृष्ण पुन मगर र छबिलाल खोरजा मगर पर्यवेक्षकका रूपमा उपस्थित थिए।
निर्वाचन सम्पन्न पश्चात् नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन आयोग सदस्य बम थापा सूर्यवंशी मगरले शपथ ग्रहण गराएका थिए। साथै, केन्द्रीय प्रतिनिधि मोहन थापा मगर र शाखातर्फबाट ट्रस्टी तेज शेरपुन्जा मगरले खादा ओढाएर सम्मान गरेका थिए।
समारोहमा मगर संघ यूकेका सल्लाहकार, सदस्य तथा अन्य समुदायका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले संस्थाको नेतृत्व हस्तान्तरण गर्दै नयाँ ऊर्जा र प्रतिबद्धताको साथ आगामी कार्यकाल आरम्भ गरेको छ।






