लन्डन २९ जुलाई २०२५ । म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली चयन भएका छन् ।
आइतबार स्यान्डर्स कम्युनिटी सभाहलमा सम्पन्न भएको ७ औं अधिवेशन तथा १७ औं वार्षिक भेटघाट कार्यक्रमबाट जुग्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्ष प्रविन राना, उपाध्यक्ष रबिन पुन, सचिव नेत्र फगामी, सह–सचिव मनोज जुग्जाली, कोषाध्यक्ष सर्वजित जुग्जाली, सह–कोषाध्यक्ष तुक्लाल पुन,सांस्कृतिक संयोजक लक्मान पुन, सञ्चार सचिव चित्र पाईजा चयन भए ।
सदस्यहरूमा बिष्णु जुग्जाली,जालमायाँ गर्बुजा, मनदेवी जुग्जाली, कोपिला जुग्जाली, भुमी फगामी, खिम जुग्जाली, मन बहादुर पुन र सुरज जुग्जाली रहेका पूर्वअध्यक्ष कृष्ण जुग्जालीले बताए ।
कार्यक्रम उद्घाटन गर्दै मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजाले आफ्नो गाउँमा शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीयस्थल, विपद्लगायत विभिन्न क्षेत्रमा समाजले करोडौं योगदान गरेको बताए ।
कार्यक्रममा भूपूसांसद नरबहादुर पुन, मालिका गाउँपालिका–५, वडाअध्यक्ष मीन पुन, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुनले आफ्नो जन्मभूमिकाका लागि कर्मभूमिबाट गरेका योगदानको चर्चा गरेका थिए ।
अधिवेशनमा मोना यूकेका पूर्वअध्यक्ष दल जुग्जाली, समाजका संस्थापक अध्यक्ष झलक गर्बुजा, पूर्वअध्यक्ष नरबहादुर पाईजालगायत विभिन्न गाउँ समाजका अध्यक्ष तथा प्रतिनिधिलाई निर्वतमान अध्यक्ष कर्ण जुग्जालीले धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गरे ।
कार्यक्रममा किसानी सञ्जीविनि अक्षय कोषका आर्थिक सहयोग गर्ने सहयोगदातालाई कोषका संयोजक कृष्ण जुग्जालीले सम्मानपत्र प्रदान गरेका थिए । सन् २००८ मा स्थापना भएको समाजले हालसम्म गाउँमा विभिन्न क्षेत्रमा २ करोड ५३ लाखभन्दा बढी सहयोग गरेको छ ।
नेपालबाट आएका कलाकार अनुपा रोका मगर, सन्तोष पुन र बिम समाज यूकेका कलाकारहरुले प्रस्तुति दिएका थिए ।
अध्यक्ष कर्ण जुग्जालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्दिप जुग्जाली र सञ्चालन रविन पुनले गरेका थिए ।






