VJ Day एबं किस प्रकरण (VJ Day and Kiss Scandal)

SHARE:

चिम्खोले काईला – बेलायत।

VJ Day को अर्थ हो Victory over Japan Day (जापानमाथि विजय दिवस) जसले प्रशान्त महासागर क्षेत्रमा दोस्रो विश्वयुद्धको अन्त्यलाई जनाउँछ। यस दिनलाई जापानले आत्मसमर्पण गरेको सम्झना गरिन्छ, जसले युद्धको अन्त्य गरायो।

यस वर्ष जापानले दोस्रो विश्वयुद्धवाट आत्मासमर्पण गरेको ८० वर्ष पुग्दछ। त्यसैले यस वर्ष Rushmoor Borough Council ले अगष्ट १५ २०२५ का दिन अल्डरसटको म्यानर पार्कमा VJ Day मनाउन गैरहेको छ।

उक्त दिनमा British Gurkha Wefare Society (BGWS) Greater Rushmoor Nepalese Cummunity (GRNC) ले पनि भाग लिने भएको छ। BGWS का अध्यक्ष मेजर टिकेन्द्रदल देवान JP ले BGWS का सदस्यहरुलाई परेड खेल्नका लागि तयारी रहन आव्हान गरेका छन्

VJ Day सँग सम्बन्धित दुई मुख्य मितिहरू छन्:
अगस्ट १५, १९४५ – जापानले आत्मसमर्पण घोषणा गरेको दिन (यो दिन बेलायत, अष्ट्रेलिया र अन्य मित्र राष्ट्रहरूमा व्यापक रूपमा मनाइन्छ)।

सेप्टेम्बर २, १९४५ – जापानले USS Missouri युद्धपोतमा आत्मसमर्पणका आधिकारिक कागजातमा हस्ताक्षर गरेको दिन (यो दिन अमेरिका मा World War II (WWII) को आधिकारिक अन्त्यको रूपमा मनाइन्छ)।

VJ Day परेड एउटा स्मृति कार्यक्रम हो, जसमा निम्न समावेश हुन्छन्: पूर्व सैनिकहरू र सैनिक कर्मचारीहरू मार्च पास गर्दछन्। ब्यान्डहरूले म्युजिक खेल्छन् ए परेड खेल्नका लागि सहजीकरण गरिदिन्छन्। परेडमा देशभक्तिपूर्ण, प्रदर्शनहरू र झण्डाहरू, मौनधारण वा स्मृतिसभाहरू, कहिलेकाहीँ पुनःअभिनय (reenactment) वा हवाई प्रदर्शनीहरू पनि समावेस हुन्छन्।

यी परेडहरू युद्धको समयमा सैनिकहरू र सर्वसाधारणले गरेको बलिदानको सम्मान गर्न, शान्तिको उत्सव मनाउन, र इतिहासकै सबैभन्दा विनाशकारी युद्धको अन्त्यको सम्झना गर्न आयोजना गरिन्छ।

सबैभन्दा प्रसिद्ध उत्सव भनेको १९४५ अगस्ट १४ मा न्यूयोर्कको टाइम्स स्क्वायरमा भएको हर्षोल्लास हो (समय क्षेत्रको भिन्नताका कारण), जहाँको एक नाविकले नर्सलाई चुम्बन गरिरहेको फोटो विश्वभर प्रसिद्ध छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!