कमल गुरुङ – बेलायत।
शुक्रवार ०१ अगष्ट २०२५ । तमु धिं युकेले नेपाली मेला २०२५ को वारेमा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरेलगायत दूतावासका कर्मचारीहरुलाई नेपाली दूतावास लण्डनमा नेपाली मेलाको वारेमा संक्षिप्त जानकारी दिएका छन्।
विगतका वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली मेला आइतवार २४ अगष्ट २०२५ का दिन किम्टन पार्क लण्डनमा नेपाली राजदूतावास लण्डनसंगको सहकार्यमा हुन् गैरहेको छ।
नेपाली मेला २०२५ का प्रमुख संयोजक तथा तमुधिं युकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलामा समावेश हुने कार्यक्रमहरु र तयारीको भैरहेको कार्यक्रमको वारेमा संक्षिप्त जानकारी दिएका छन्।
संयोजक गुरुङले मेलाको लागि आर्थिक व्यवस्थापन, आपतकालीन स्थिति, अतिथि सत्कार, सुरक्षा सम्वन्धि जानकारी, झाँकी प्रतियोगिता, नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, चेतनामुलक कार्यक्रम, खानपिनको व्यवस्थापनलगायत व्यापारिक तथा परोपकारी स्टलहरुको वारेमा आवास्यक जानकारी दिएका छन्।
तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले अध्यक्षता गरेको जानकारी कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे थिए भने महासचिब डा. विशाल गुरुङले संचालन गरेका छन्।
जानकारी कार्यक्रममा महामहिमका धर्मपत्नी, उप-नियोग प्रमुख बिपिन दुवाडी, उनका धर्मपत्नी, सैनिक सहचारी महासेनानी अनुप शाह, उनका धर्मपत्नी, तमु धिं युकेका संस्थापक अध्यक्ष, पुर्वअध्यक्षहरु, निवर्तवान अध्यक्ष, आमा समुहका अध्यक्ष कमला गुरुंगलगायत तमु धिं युकेका सल्लाहकारहरु र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ।
कार्यक्रमको अन्त्यतिर राजदूत घिमिरेले नेपाली मेला २०२५ को लागि सुझाब र सहयोग चाहिएमा दूतावास सदैब सकारात्मक रहेको र आवश्यक छलफलको लागी ढोका खुल्ला रहने बताएका छन्।
अध्यक्ष जुमकाजी गुरुङले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै नेपाली मेला २०२५ सफलतापुर्वक सपन्न गर्न दुतावास र तमु धिं युकेको विशेष भूमिका रहने बताएका छन्।









