लन्डन ४ अगस्ट २०२५ । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज यूके)ले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ यूके शाखाको १४औं वार्षिकोत्सवको अवसरमा आइतबार ३ अगस्ट २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष शर्मालाई फोनिज यूकेका प्रतिनिधिहरूले स्वागत, सम्मान गरेका हुन् । फोनिज यूकेका संस्थापक अध्यक्ष पूर्णबहादुर गुरुङ, पूर्वअध्यक्ष प्रमिला लाबुङ राई, पूर्वअध्यक्ष गोमा राना मगर तथा वर्तमान अध्यक्ष बम थापा सूर्यवंशी मगरले अध्यक्ष शर्मालाई खादा ओढाई सम्मान गरेका थिए ।
नेपाली पत्रकारिता क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरूप अध्यक्ष शर्मालाई सम्मान प्रदान गरिएको फोनिज यूकेका अध्यक्ष बोमबहादुर थापा सूर्यवंशीले जानकारी दिए ।






