तामाङलाई हटाएर बागमती प्रदेशमा बानियाँ बने मुख्यमन्त्री

SHARE:

काठमाडौं ५ अगस्ट २०२५ । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । कांग्रेसकै नेता बहादुरसिंह लामा तामाङलाई हटाएर बानियाँ मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गरेका हुन् । मकवानपुरको हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच मुख्यमन्त्री बानियाँले मंगलबार नै पद तथा गोपनियताको शपथग्रहण लिएका छन् ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

आजै मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने रेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!