बेलायत निवासी थर्क सेन, पुरन गिरीसहित २५ जना एनआरएनएको सल्लाहकारमा नियुक्त

SHARE:

लन्डन ६ अगस्ट २०२५ । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सल्लाहकार नियुक्त गरेको छ । संघको आइतबारको भर्चुअलबैठकले विधानको धारा १७ को उपधारा ९ अनुसार सल्लाहकारहरु नियुक्त गरेको हो । जसमा थर्क सेन, पुरान गिरी, सोनम लामा, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह र कृष्ण गिरी रहेका छन् ।

यसैगरी, बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहेका छन् भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सहसंयोजक तोकिएको छ । यसलाई पछि पूर्णता दिने संघका उपाध्यक्ष विश्वास दीप तिगेलाले जानकारी दिनुभयो । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने जनाइएको छ ।

यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको बारेमा पनि निर्णय गरेको छ । अनुशासन समितिको संयोजकमा दिल गुरुङ र सदस्यमा सुवास जोशी, भुवानीप्रसाद तिमिल्सिना रहेका छन् ।

संघले सेप्टेम्बर २१ तारिखमा यूएईमा हुने विधान सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ भने तयारीको जिम्मेवारी रिजनको टिमलाई दिएको छ । विधान समिति पनि बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएको हो । जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी, लोकप्रसाद दाहाल र पुष्प थापा रहनुभएको छ भने सदस्यसचिवमा विमल सुवेदी छन् ।

यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् । ‘एक एनसीसी एक प्रोजेक्ट’को जिम्मा सचिव चिन्तामणि सापकोटालाई दिइएको छ भने एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!