देव घले – बेलायत।
बुधवार ६ अगष्ट २०२५ का दिन क्याम्वर्ली नेपाली गोर्खा समाज (सिएनजीए) ले युवा समुहको लागि एयर राइफल्स सुटिङ बेलायतको ब्यागसटस्थित हल ग्रब स्कुलमा सम्पन्न भएको छ।
सिएनजीएका सल्लाहकार क्याप्टेन देब घलेले वयस्क र युवा दुवै समुहलाई एयर राइफल्स र पिस्तोल तालिम दिनुभन्दा पहिला सेफ्टी ब्रिफ गरेका थिए। सेफ्टी ब्रिफ गरेपछि हतियारसंग तालिम दिएका थिए। हतियारसँग तालिम लिएपछि सहभागीहरुले पहिलो पटक सुटिङको अनुभब लिने मौका मिलेको थियो ।
क्याप्टेन घले र इन्द्रजित गुरुङले सुटिङमा सहभागीहरुलाई हौसला र टेक्निक सिकाउदै सौहार्दपूर्ण वातवरणमा सुटिङ सम्पन्न भएको छ। त्यस्तै सुटिङमा सहभागीहरुले भरपुर मनोरन्जनको साथै नौलो बिषयको अभ्यास गर्ने अवसर मिलेको बताएका छन्।त्यस्तै गम गुरुङले सुटिङ सम्पन्न गर्नमा सहयोग गरेका थिए भने डा. सुजु रानाले युथ समुहको संयोजकको भुमिका निर्वाह गरेका थिए।
सुटिङको अन्त्यमा सहभागीहरुको नतिजा अनुसार ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन्। ट्रफी र प्रमाणपत्र सिएनजीएका अध्यक्ष गणेश गुरुङ र महिला समुहका अध्यक्ष तुलसी घलेले वितरण गरेका थिए।
उक्त कार्यक्रममा सल्लाहकार हरु मेजर टेक गुरुङ र क्याप्टेन बुद्ध गुरुङ र अविभावकहरुको उपस्थित रहेको थियो। महिला सचिब पूर्ण गुरुङ र सदस्य विजमाया गुरुङले खानपिनको वान्वस्त गरेका थिए।






