भूपू ब्रिटिस गोर्खा सेना स्वर्गीय चन्द्रप्रसाद राम्जालीको नाममा स्मृति ट्रस भवन निर्माण

SHARE:

स्यानु पाईजा-नेपाल।

म्याग्दी १६ अगस्ट २०२५ । भूपू ब्रिटिस गोर्खा सेना स्वर्गीय चन्द्रप्रसाद राम्जालीको नाममा स्मृति ट्रस भवन निर्माण गरिएको छ ।

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. १० वाखेत घर भई हाल बेलायतमा बसोबास गर्ने उनकी धर्मपत्नी टीकाकुमारी राम्जाली साथै परिवारको तर्फबाट ७ लाख ८० हजार रुपैयाँको लागतमा ट्रस भवन निर्माण भएको हो । १२ मिटर लम्बाई ४.५ मिटर चौडाईमा दुई तल्ला, ३ मिटर एन्ड ३.६६ मिटरमा दायाँबायाँ पाली १९ मिटर लामो अगाडि पाली भएको प्याराफिट माथिको छाना भएको ट्रस भवन बनेको छ ।


घारसुन्ना लालीगुराँस युवा क्लब वाखेत, म्याग्दीले गएको साल २०८१ मा हरेलो मेलाको लागि खेलकुद मैदान निर्माण गरेको थियो । हरेलो मेला हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार खेतीको पूजा गरी ८-१० दिनसम्म मेला लाग्ने गर्छ । यो सामुदायिक परियोजना प्याराफिटमाथि दर्शकलाई घाम र पानीबाट बचाउने छानो बनेको स्यानु पाईजाले जानकारी गराएका छन् ।

क्लबले आयोजना गरेको मेलाको समयमा यो भवन क्लबले आफ्नो उपयुक्त प्रयोजनका लागि प्रयोग गर्ने छ साथै समुदायमा परेको विवाह, छेवर, गुन्यूचोली लगायतका सामुदायले उपयुक्त ठानेको कार्यक्रमहरु क्लबको सहकार्यमा सन्चालन गर्न सहज हुने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!