तामाङ घेदुङ साइप्रसको अध्यक्षमा साङ्‌मो

SHARE:

साइप्रस । नेपाल तामाङ घेदुङ साइप्रसको प्रथम अधिबेशनबाट साङमो थोकर तामाङ सर्वसम्मत अध्यक्ष पदमा चयन भएकी छन् ।

नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामाको प्रमुख अतिथिमा आइतबार सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा साङ्मो, वरिष्ठ उपाध्यक्षमा शर्मिला लोप्चन तामाङ, उपाध्यक्षमा सबिता घिसिङ तामाङ, महासचिवमा लक्ष्मी ब्लोन तामाङ, सचिव सुनिला दोङ तामाङ, कोषाध्यक्ष मिना लामा तामाङ, सहकोषाध्यक्षमा निरु घिसिङ तामाङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा युबिना तामाङ, साधना वाइबा तामाङ, अम्बर पाख्रीन तामाङ, कामी छ्योमो तामाङ, म्हेन्दा तामाङ, सीता तामाङ, माया थिङ तामाङ, सुशिला तामाङ, राजु तामाङ, कुमार तामाङ, सुष्मा तामाङ, किया तामाङ, हिरामाया पाख्रिन तामाङ, कल्पना वाइबा तामाङ, शुभलक्ष्मी ब्लोन तामाङ, माया वाइबा, हिरादेवी तामाङ, धनकुमारी तामाङ लगायत चुनिएका छन् । अधिवेशनले सांस्कृतिक विभागको जिम्मेवारी अबि लामा तामाङ, अञ्जली तामाङ, रेनु तामाङ र सुनिमाया तामाङलाई प्रदान गरेको छ । साथै महिला प्रवक्तामा उषा ब्लोन तामाङलाई चयन गरेको छ ।

संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष नानू गोम्जा तामाङ तथा सल्लाहकारहरुमा ज्ञानु तामाङ, हर्कमान वाइबा तामाङ र माया लोप्चन तामाङ रहेका छन् भने कार्यक्रम नानू गोम्जा तामाङकी सभापतित्वमा सम्पन्न भएको थियो ।
तामाङ समुदायको भाषा, धर्म, संस्कार,संस्कृति संरक्षण र प्रवर्द्धन गर्न भन्दै साइप्रसमा नेपाल तामाङ घेदुङ स्थापना गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!