लन्डन २१ अगस्ट २०२५ । नेपालका पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वमन्त्री राम कार्की कार्कीसँग नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले अन्तरक्रिया गर्ने भएको छ ।
घर्ती र कार्कीसँग आगामी सेप्टेम्बर ६ तारिखमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा अन्तरक्रिया गर्न लागिएको हो । अन्तरक्रियामा नेपाली नागरिकता निरन्तरता र संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आदिवासी जनजातीको अधिकारबारे छलफल हुने नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिए । उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि हुनेछ ।
पूर्वसभामुख घर्तीमगर र पूर्वमन्त्री कार्की सेप्टेम्बर २ तारिखमा लन्डन आउने कार्यक्रम छ । घर्तीमगर र कार्की नेकपा माओवादी केन्द्रका नेता हुन् ।






