वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन

SHARE:

काठमाडौं ३ अगस्ट २०२५ । करिब दुई वर्षदेखि क्यान्सरबाट पीडित वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । मंगलबार राति ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी गायक फूलकुमार तामाङले दिए ।

हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि इन्दिरा केही सातादेखि अपार्टमेन्टमै उपचार र आराम गरिरहेकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई आजै अन्त्येष्टि गर्ने तयारी छ ।

तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीतसंगीतलाई विश्वभर फैलाउन भूमिका खेलिन् । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् । नेपाली लोक, आधुनिक र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी थिइन् । उनको जन्म २०२३ मा ललितपुरको भारदेउमा भएको थियो । ।

उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत गीत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।

उनका दुई छोरी छन् भने श्रीमान्‍को निधन भैसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!