पुर्वसभामुख ओनसरी घर्तिमगर र पूर्वमन्त्री राम कार्कीलाई नेफिन युके र मगर संघ युकेले गरे भब्य स्वागत तथा सम्मान

SHARE:

सनिवार ०६ सेप्टेम्बर २०२५ – बेलायत। पुर्वसभामुख ओनसरी घर्तिमगर र पूर्वमन्त्री तथा माओवादी नेता राम कार्कीलाई नेपाल आदिवासी जनजाति जनजाति महासंघ (नेफिन) युके र मगर संघ युकेले सयुक्तरुपमा बेलायतको अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भब्य स्वागत तथा सम्मान गरेको छ।

स्वागत तथा सम्मान कार्यक्रमको पहिलो चरणमा आसनग्रहण, स्वागत मन्तब्य, नेपालको राष्ट्रिय गीत, बेलायतको राष्ट्रिय धुन, आदिवासी गीत, दीप प्रज्वलनलगायत सम्पूर्ण शहिदहरुको लागि दुइ मिनेट मौनधारण गरेर औपोचारिक कार्यक्रम शुरु गरेका छन्।

कार्यक्रमको दोस्रो चरणमा नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राई र मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले पुर्वसभामुख ओनसरी घर्तिमगर, पूर्वमन्त्री तथा मावोवादी नेता राम कार्की र किराती मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिब वसन्त राईलाई स्वागत तथा सम्मान गरेका छन्।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा नेफिन युकेका पदाधिकारी र मगर संघ युकेका पदाधिकारी, पुर्व अध्यक्ष, ट्रष्टी, सल्लाहकारलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको छ।

सोही कार्यक्रममा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसीबिजी) का अध्यक्ष थर्क रानाले पुर्वसभामुख ओनसरी घर्तिमगरलाई ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको बिज्ञप्ति हस्तान्तरण गरेका छन्।

उक्त कार्यक्रममा गैर आवसीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, नेफिन युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, माओवादी नेता रन केसी, नेफिन केन्द्रका संथापक सचिब भक्त बहादुर दुरा, नेफिन युकेका संस्थापक अध्यक्ष तथा सिएनसीबिजीका अध्यक्ष थर्क राना डा. सुमाया राई, मगर संघ युकेका अध्यक्ष लालु पुनलगायत बिभिन्न वक्ताहरुले गोर्खा भूपूहरुको पेन्सन र नेपाली नागरिकताको वारेमा कुरा उठाएका छन्।

अतिथिको आसनवाट नेता वसन्त राईले माओवादी पार्टीमा आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको वारेमा आवाज आदिवासी नेताहरुले भन्दा गैर आदिवासी नेताहरुले उठाएको जिकिर गरेका छन् भने पूर्वमन्त्री राम कार्कीले आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको अधिकार एकल जाति र पार्टीले मात्र आन्दोलन गरेर पर्याप्त नहुने जिकिर गरेका छन्।

कार्यक्रमको प्रमुख अतिथि तथा पूर्वसभामुख ओनसरी घर्तिमगरले कार्यक्रममा उठेका प्रश्नहरुको जिज्ञासाहरुको सटिक उत्तर दिदै आदिवासी, महिला, दलित र पिछिडिएको वर्गको अधिकार प्राप्त गर्नका लागि आदिवासी, महिला, दलित र पिछिडिएको वर्ग एक भएर आन्दोलन गरेमात्र सफल हुने बताएका छन्। त्यस्तै नेपाली नागरिकताको निरन्तरता र भूतपूर्व गोर्खाहरुको पेन्सनको समस्या समाधान गर्नको लागि पनि टुटफुट नभैकन एक भएर आन्दोलन गर्नपर्ने सुझाव दिएका छन्। त्यस्तै आदिवासी जनजाति संगठन तथा जातीय संगठनहरु पनि टुटफुट नभैकन एक धिक्का भएमात्र आन्दोलनलाई वल पुग्ने बताएका छन्

नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले अध्यक्षता गरेको स्वागत तथा सम्मान कार्यक्रम नेफिन युकेका महासचिब फर्म बहादुर दुराले संचालन गरेका छन् भने मगर संघ युकेको सम्मान कार्यक्रममा महासचिब गोमन पुनले संचालन गरेका छन्। त्यस्तै सिएनसीबिजीको कार्यक्रममा महासचिब भक्त थापाले संचालन गरेका छन्।

कार्यक्रममा पत्रकारहरु नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, एभरेष्ट टाइम्सका सम्पादक चिम्खोले काईला, सह-सम्पादक जमुना पुन र गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुको पनि उपस्थिति रहेको छ।

कार्यक्रमको अन्त्यमा नेपालवाट बेलायत आएका चर्चित कलाकारहरु युवराज मगर र नितु पुनले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!