२५ तस्बिरमा हेरौं जनजाति महासंघ बेलायतको ६ सेप्टेम्बरको कार्यक्रम

SHARE:

लन्डन ७ सेप्टेम्बर २०२५। नेपाल आदिवासी जनजाति जनजाति महासंघ (नेफिन) यूकेले शनिबार ६ सेप्टेम्बरमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बेलायत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास, प्रदेश संगठन समितिका ईन्चार्ज राम कार्की (सुरेन्द्रबहादुर), पार्टी स्थायी समितिका सदस्य तथा पूर्वसभामूख तथा आदिवासी जनजाती संयुक्त मोर्चा नेपालकी ईन्चार्ज ओनसरी घर्ती मगर र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपालको माहासचिव तथा पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य वसन्त राईको स्वागत सम्मान तथा उनीहरुसँग अन्तरक्रिया गरिएको हो ।

नेताहरु घर्तीमगर, कार्की र राईलाई नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले संस्थाको तर्फबाट स्वागत तथा सम्मान गरे । सोही अवसरमा मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु)ले पनि नेतात्रयलाई स्वागत सम्मान गरे । कार्यक्रममा नेफिन युकेका पदाधिकारी र मगर संघ युकेका पदाधिकारी, पूर्वअध्यक्ष, ट्रष्टी, सल्लाहकारलगायतको उपस्थिति थियो ।

नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा भएको कार्यक्रम महासचिव फर्म बहादुर दुराले संचालन गरेका थिए कार्यक्रममा चर्चित कलाकारहरु युवराज मगर र नितु पुनले सांगीतिक कोसेली पस्केका थिए ।

तस्बिरहरु : दुत पुन, एभरेस्ट टाइम्स

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!