नेम्बाङ समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न, नयाँ अध्यक्षमा वीर नेम्बाङ चयन

SHARE:

लन्डन ८ सेप्टेम्बर २०२५ । नेम्बाङ समाज बेलायतको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

६ सेप्टेम्बर ६ २०२५ मा बेलायतको फानबोरो ग्रेन्ज कम्यनिटिीस्कुलमा नेम्बाङ समाज बेलायत वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो । कार्यक्रममा वीर नेम्बाङको अध्यध्यतामा नयाँ कार्यसमिति चयन गरिएको एभरेस्ट टाइम्सका प्रतिनिधि गजेन्द्रराज नेम्बाङले जानकारी दिए ।

कार्यक्रममा ९१ वर्षीय कुबेरसिं नेम्बाङ, नेपालबाट आएका भिमप्रसाद नेम्बाङलगायतलाई नेम्बाङ समाज बेलायतका अध्यक्ष मोहन नेम्बाङले संस्थाको तर्फबाट सम्मान गरेका थिए ।

कार्यक्रममा गायिका निरन्ता नेम्बाङले विविध गीत गाएर मनोरन्जन दिलाएकी थिइन् । गायिका निरन्तालाई संस्थाले १३ सय ८६ पाउन्ड पाउन्ड नगदसहित सम्मान गरेको थियो । गीत संगीतको माध्यमबाट नेम्बाङ समुदायको पहिचानमा योगदान पुर्‍याइरहेकोले सम्मान प्रदान गरिएको अध्यक्ष मोहन नेम्बाङले बताए ।

भेटघाट तथा सम्मान कार्यक्रमलाई सचिव लक्ष्मी नेम्बाङ र नगेन्द्रराज नेम्बाङले संचालन गरेका थिए । निवर्तमान कोषाध्यक्ष धनकुमार नेम्बाङ,सन्तवीर नेम्बाङ, शकुन्तला नेम्बाङ र राजेन्द्र नेम्बाङलगायतले कार्यक्रमलाई सफल बनाउन सशक्त भूमिका खेलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!