
काठमाडौं १२ सेप्टेम्बर २०२५ । नेपालको अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की नियुक्त भएकी छन् ।
पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी हुन् । कार्की जेनजी समूहबाट प्रधानमन्त्रीका लागि सिफारिस भएकी हुन् ।यो सँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् ।
यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने नेकपा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।
कार्कीले अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।






