रामचन्द्र गुरुङ बने तमु लम परिवार यूकेको अध्यक्ष

SHARE:

लन्डन १४ सेप्टेम्बर २०२५ । तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ तमु लम परिवार यूकेको अध्यक्ष बनेका छन् ।

अल्डरसटस्थित एम्पायर हलमा १३ सेप्टेम्बर २०२५ मा भएको तमु लम परिवार यूकेको पहिलो भेला तथा विशेष कार्यक्रमले रामचन्द्र गुरुङको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको हो । उपाध्यक्षहरू क्याप्टेन सूर्य प्रकाश गुरुङ, युनिल पूर्णचन्द्र गुरुङ, साधुराम गुरुङ, चन्द्रप्रसाद गुरुङ, महासचिवमा एसके गुरुङ, कोषाध्यक्ष कमल गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा दानबहादुर गुरुङ, नन्दबहादुर गुरुङ, प्रकाश गुरुङ, ठकुरी गुरुङ, ओम गुरुङ, श्रीप्रसाद गुरुङ रहेका छन् । विधान समितिमा सुमलकुमार गुरुङ, एकेन्द्र गुरुङ र टीका गुरुङ चयन भएका निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचन मण्डलका अध्यक्ष सुमलकुमार गुरुङ, सदस्यहरु गणेश गुरुङ र टीका गुरुङले निर्वाचन प्रक्रिया सञ्चालन गरेका थिए । उनीहरु सभाध्यक्ष संस्कृतिविद् तथा गीतकार एकेन्द्र गुरुङको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिमा चयन गरेको थियो ।

पहिलो चरणमा ‘बन्धुत्व, भ्रातृत्व र एकता’ भन्ने मूल नाराका साथ तमु लम परिवार यूकेको पहिलो भेला तथा विशेष कार्यक्रम वरिष्ठ सदस्य खेमसिङ गुरुङ र सभाध्यक्ष एकेन्द्र गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर सुरुआत गरेका थिए । स्वागत मन्तव्य तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङले दिएका थिए भने कार्यक्रमको औचित्यबारे सुमलकुमार गुरुङले प्रकाश पारेका थिए ।

उक्त अवसरमा क्याप्टेन एकनारायण गुरुङ, लेफ्टिनेन्ट दानबहादुर गुरुङ, मेजर धन गुरुङ, गणेश गुरुङ, मेजर कुमार गुरुङ, कृष्णा गुरुङ, नरबहादुर गुरुङ, हर्कमान गुरुङ, चन्द्रमान गुरुङ र चन्द्रप्रसाद गुरुङले शुभकामना मन्तव्य दिए । एसके गुरुङले सञ्चालन गरेको कार्यक्रममा बेलायतमा बसोबास गर्ने लम दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!