नेपाली समाज विल्टशायर यूकेका युवाहरुद्वारा नेपालमा ‘जेनजी’ आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली

SHARE:

– जय तामाङ
स्वीन्डन, यूके १४ सेप्टेम्बर । नेपालमा जेन्जी (१९९७ -२०१२ भित्र जन्मेका)हरुले भाद्र २३ र २४ मा गरेको प्रदर्शनमा मृत्यु भएकाहरुप्रति नेपाली समाज विल्टशायर यूकेका युवाहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शुक्रबार १२ सेप्टेम्बर २०२५ मा स्वीन्डनको टाउनस्थित ब्रुनेल सपिङ्ग महलको प्रांगणमा नेपाली समाज विल्टशायरका पूर्वअधक्ष तथा वर्तमान सल्लाहकार ज्ञानप्रसाद गुरुङको संयोजकत्व तथा नेपाली समाज विल्टशायरका युवाहरुको आयोजनामा श्रदाञ्जली कार्यक्रम सम्पन्न भएको हो । सहभागीहरुले मृतकप्रति श्रद्धाञ्जली र परिवारहरुप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

मन्त्री यातायात तथा राज्य सचिव अलेक्सजन्डर हैडीको प्रमुख आतिथ्यता तथा स्वीन्डन बरो काउन्सिलकी मेयर फे हवार्डको विशिष्ट आतिथ्यमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता नेपाली समाज विल्टशायरका अध्यक्ष रञ्जन मल्लले गरेका थिए ।

नेपाली समाज विल्टशायरका सल्लाहकार भवानी गुरुङले संचालन गरेको कार्यक्रममा देवीबहादुर सुनुवारले पाइपरबाजा बजाएपछि २ मिनेट मृतकहरुको सम्झनामा मौनधारण भएको थियो । मृतकहरुको तस्बिरको अगाडि फूल चढाउँदै मैनबत्ती बालेपछि मन्त्री हैडीले नेपालमा भएको घटनाप्रति दु:ख ब्यक्त गर्दै छिट्टै शान्ति सुव्यवस्थाको कामना पनि गरेकी थिइन् ।

कार्यक्रममा केही नेपाली युवायुवातीहरुले नेपालमा भएको घटना किन र कसरी भएको भन्ने बारेमा प्रस्ट पारेका थिए । यात्री मोर्गेज, मम किंग्स,नेपाली समाज विल्टशायरका सचिव विष्णु गुरुङ र रनर पब, सिंगापुर स्टोर र सल्लाहकार देवेन्द्र श्रेष्ठले श्रद्धाञ्जली कार्यक्रमको प्रायोजन गरेका थिए । साउण्ड सिस्टम दिपेश गुरुङले उपलब्ध गरेको संयोजक ज्ञानप्रसाद गुरुङले बताए ।

नेपालमा भएको ऐतिहासिक आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेका छन् ।

कार्यक्रमको अन्त्यमा संयोजक ज्ञानप्रसाद गुरुङले सम्पूर्ण उपस्थित भई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!