बेलायत १४ सेप्टेम्बर २०२५ । बेलायतबाट संचालित गोर्खा मिडियाको पाँचौं वार्षिकोत्सव आइतबार १४ सेप्टेम्बर २०२५ को दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेण्टमा सम्पन्न भएको छ।
पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा British Gurkha Welfare Society (BGWS) का अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, मेडवे काउन्सिलका पूर्वमेयर निना गुरुङ, कोरियोग्राफर कविता घर्ती मगर, गायिका पवित्रा गुरुङ, गिनिस बुक रेकर्ड होल्डर सन्तोष राई र पत्रकार सिताराम गुरागाईलाई गोरखा मिडियाले खादा, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरेको छ । गायिका पवित्रा गुरुङ र कविता घर्तीमगरलाई जनही नेपाली १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । नेपालमा रहेका पत्रकार सिताराम गुरागाईलाई उत्कृष्ट कर्मचारीको रुपमा १० हजार नगद प्रदान गर्ने घोषणा गिरिएको छ । सम्मानित व्यक्तिहरुले आ-आफनो मंतब्यसंग गोरखा मिडिया लाई धन्यवाद दिएका छन ।
वार्षिकोत्सवमा किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला लिम्बु, पाँचथर समाज सेवा युकेका अध्यक्ष शान्ति लिम्बु, क्वालिटी स्टोर युकेका प्रोप्राइटर प्रेम बुढा मगर, पत्रकार तेज गुरुङ, डिएमटी ब्याण्डका अध्यक्ष दिनेश गुरुङ र गायिका प्रिया गुरुङलाई पनि खादा र मायाको चिनो प्रदान गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बेलायतका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख बिपिन दुवाडीले गोरखा मिडियाले खेलेको भूमिकाको वारेमा प्रशंसा गरेका छन भने विशेष अतिथि तथा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेनेले जेन-जेको आंदोलनले नेपालले महिला प्रधानमन्त्री पाएकोमा गर्व गरेका छन ।
सोही कार्यक्रममा ‘पवित्रा गुरुङ एकल साँझ तथा च्यारिटी डिनरबाट उठेको ४ हजार ९६८ पाउन्डको चेक गायिका पवित्रा गुरुङलाई हस्तान्तरण गरियो । उक्त रकम गायिका गुरुङले अध्ययन गरेको नुवाकोटस्थित गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि सहयोग गरेको गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले बताएका छन् । पवित्राको एकल साँझ ३१ अगस्टमा बेलायतमा सम्पन्न भएको थियो । उक्त साँझमा संकलित रकम खर्च कटाएर विद्यालयका लागि हस्तान्तरण गरिएको हो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले अध्यक्षता गरेको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख विपिन दुवाडी थिए भने विशेष अतिथिमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने रहेका थिए ।
वरिष्ठ साहित्यकार, बुद्धिजीवी, समाजसेवी तथा गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङले स्वागत मतव्य राखेका थिए भने सहसम्पाददक प्रकाश गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा बेलायतमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष तमुले कार्यक्रमको अन्त्यमा सम्मानित भएका सम्पूर्ण व्यक्तिहरु, प्रायोजकहरु र कार्यक्रममा उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरेका थिए ।






