एनआरएनए यूकेले आयोजना गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित

SHARE:

लन्डन १६ सेप्टेम्बर २०२५ । हाल नेपालको जटिल परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए यूकेले यही २० सेप्टेम्बरको लागि तय गरेको अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ । प्रमूख सल्लाहकार आरके त्रिपाठी र सचिव कृष्णप्रसाद खतिवडाको संयोजनमा कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपालीको वर्तमान चुनौती, प्रत्यक्ष संसदीय प्रतिनिधित्वको आवश्यकता तथा एनआरएनएको भविष्यको स्वरुपबारे छलफल हुने तय गरिएको थियो । तर नेपालभित्रको राजनीतिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार नेतृत्वले कार्यक्रम तत्कालका लागि नगर्ने निर्णय गरेको हो ।

एनआरएनए यूकेका प्रवक्ता कुलप्रसाद कँडेलले यस निर्णयलाई आवश्यक र जिम्मेवार कदमको रुपमा व्याख्या गरेका छन् । साथै, संस्थाले गैरआवासीय नेपालीहरुलाई निरन्तर रुपमा सूचित गर्ने र आगामी दिनमा अझ सशक्त छलफलका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!