तमु धीं यूकेद्वारा जेनजी नेता सुदन गुरुङको सुरक्षाको माग [विज्ञप्तिसहित]

SHARE:


लन्डन १९ सेप्टेम्बर २०२५ । नेपालमा भाद्र २३ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको सरकारी दमन र त्यसपछि उत्पन्न घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै तमु धीं यूकेले जेनजी नेता सुदन गुरुङको सुरक्षालाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग माग गरेको छ ।

अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङले बिहीबार विज्ञप्ति जारी गर्दै सुदनलाई हतोत्साही र ज्यानै लिने खालका अमानवीय कार्य भएकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आन्दोलनको नेतृत्व गरेर मुलुकमा सरकार गठन गर्ने महत्वपूर्ण प्रक्रियामा समेत आन्दोलनको म्यान्डेट र संविधानको परिधिमा रहेर जिम्मेवारीको भूमिका जेन – जीको नेता सुदन गुरुङले निर्वाह गरेको सर्वविदितै छ । अहिले उनै सुदन गुरुङलाई हतोत्साही र ज्यानै लिनेसम्मको नियतले केही शक्तिहरु लागिरहेको भन्ने खबरले तमु धीं यूकेको ध्यान आकर्षित भएको छ। यो संक्रमण अवस्थाको फाईदा उठाएर नेपाल आमाको होनहार सपुत सुदन गुरुङमाथि भएको यो अमानवीय कर्तुतको तमु धीं यूके घोर निन्दा र आपक्ति व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुदन गुरुङको सुरक्षाको पूर्ण प्रत्याभूतिको लागि सरकारसँग जोडदार माग गर्दछ ।’

विसंगति, विकृति र भ्रष्टचारविरुद्ध गत भाद्र २३ गते नेपालमा भएको जेन-जी आन्दोलनमा सरकारबाट भएको चरम दमनको कारण निहत्था बाबुनानीहरुको ज्यान गएको छ । २४ गते घुसपैठको कारण संसद् भवन, सिंहदरबार, सार्वजनिक भवनहरु र निजी व्यापारिक प्रयोजनको घर र भवनसमेत जलेको अवस्था छ । नेपाल र नेपालीको लागि यो अत्यन्त दुःखको समय हो । अहिले पूर्वप्रधानन्यायधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!