अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन दार्जिलिङमा हुने, मुख्यमन्त्री बेनर्जीले उद्धघाटन गर्ने

SHARE:

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ ।

बिहीबार परिषदले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषदले जनाएको छ ।
परिषदले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विश्वभरि छरिएर रहेका तामाङ समूदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्ले भारतको दाजलिङ मिरिकमा आगामी २०१८ डिसेम्बर १४, १५ र १६ तारिख या २०७५ मङ्सिर २८, २९ र पुस १ गते ‘चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन’ को तयारी गरिरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । पहिलो दिन विशेष समारोहसहित भारत सरकारका पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ भने दुई दिन बन्दसत्रको कार्यक्रम रहेको छ ।’

परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले विज्ञप्ती वाचन गर्दै चौथो महाधिवेशनबाट प्रगतिशिल नेतृत्व छनोट गर्ने बताए । तामाङले विज्ञप्ती वाचन गर्दै आगामी मंसिर २८ देखि पुस १ गतेसम्म चल्ने महाधिवेशनबाट प्रगतिशील नेतृत्व छनोट गर्ने बताए ।

उनले भने,‘विश्वभरका तामाङहरुको एउटै साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषदलाई नयाँ उचाईमा पुर्याउनको लागि हामी प्रतिवद्ध भएर लागिरहेका छौं, आगामी नेतृत्वले पनि आफ्नो भूमिकालाई अझ सशक्त बनाएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा दक्षिण कोरियाका लागि पूर्वराजदुत कर्मासिंह लामाले आगामी पाँच वर्षपछि प्रदेश नम्वर ३ लाई नेवाः तामसालिङ प्रदेशको रुपमा स्थापना गरेरै छोड्ने दाबी गरेका छन् ।
उनले भने,‘संविधान कुनै धर्मग्रन्थ होईन, आजको दिनमा हाम्रो माग असफल भएपनि आगामी पाँच वर्षपछि पूरा हुन्छ, हाम्रो माग यथावत छ, नेवार र तामाङ समुदायको हकअधिकार सुरक्षित गर्नको लागि हामी निरन्तर लागिरहन्छौं।’
त्यस्तै कार्यक्रममा परिषदका संस्थापक सदस्य पर्शुराम तामाङ्ले आगामी परिषदको नेतृत्व भारतीय नागरिकले लिने स्पष्ट पारेका छन् ।

उनले भने,‘हाम्रो आफ्नै प्रकारको विधान र नीतिहरु छन्, वर्तमान विधान पनि केही रुपमा परिवर्तन हुनेछ, विधान बमोजिम नै अबको नेतृत्व भारतले पाउने हो, सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराईन, मकाउ, भाईल्याण्ड, बर्मा, भुटानलगायतका देशहरु छन् ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!