
लन्डन २२ सेप्टेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ ।
नरप्रसाद थाम्सुहाङ अध्यक्ष रहेको निर्वाचन समितिले आइतबार निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार २५ सेप्टेम्बर बिहान १० बजेदेखि २८ सेप्टेम्बर १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारी फिर्ता लिने समय २८ सेप्टेम्बर दिनको साढे १२ बजेसम्म, उम्मेदवारको योग्यता छानबिन गरी सम्बन्धित उम्मेदवार योग्य भएको वा आवश्यक थप कागजात चाहिने विषयमा जानकारी सोही दिन दिउँसो १ बजेभित्र दिइने छ ।
मतदाता नामावली पाँचथर समाज सेवा युकेको केन्द्रीय कार्यसमिति उपलब्ध गराएअनुसार सार्वजनिक गरिने, कार्यसमिति गठन समय २८ सेप्टेम्बर दिउँसो साढे १ बजेबाट बेलुकी ५ बजेसम्ममा अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा तोकिएको छ ।
उम्मेदवारी दर्ता गर्न चाहनेले pssukelec2025@yahoo.com इमेलमार्फत पेस गरी ०७४५४०१९६९७ मा सम्पर्क गर्नुपर्ने र आवेदन दिँदा उपरोक्त उम्मेदवारको योग्यता सम्बन्धमा उल्लेख गरिएको कागजातहरु इमेलमार्फत अनिवार्य पेस गर्नुपर्ने छ । कागजातको हार्ड कपी २८ सेप्टेम्बर १२ बजेभित्र निर्वाचन समितिलाई पेस गरिसक्नु पर्ने पनि निर्वाचन तालिकामा उल्लेख छ ।
पाँचथर समाज सेवा यूके निर्वाचन समितिमा अध्यक्ष नरप्रसाद थाम्सुहाङ, सचिव छबि सेलिङ र धन काम्बाङ सदस्य रहेका छन् ।







