नेफिन यूकेले १९ अक्टुबरमा बलिहाङ पूजा तथा देउसी भैलो कार्यक्रम गर्ने

SHARE:

लन्डन ५ अक्टुबर २०२५ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले यही अक्टुबर १९ मा बलिहाङ पूजा तथा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

आइतबार १९ अक्टुबरका दिन अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा वार्षिक बलिहाङ पूजा तथा देउसी भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गर्ने तयारी रहेको जानकारी संस्थाका महासचिव फ्रम दुराले दिएका छन्।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा राति १० बजेसम्म हुने छ । उक्त अवसरमा शुभकामना आदानप्रदान, तिहार विशेष खेल कार्यक्रम उद्घाटन, तिहार विशेष सांगीतिक कार्यक्रमलगायत हुनेछन् ।

कार्यक्रममा संस्थाका सम्पूर्ण सल्लाहकारहरु, जातीय संगठनहरु, नेपाली क्षेत्रीय संघ संघसंस्थाहरु, व्यापार/व्यवसायीहरु, कलाकारहरु, पत्रकारहरु, लब्धप्रतिष्ठित व्यक्तिहरुलाई निमन्त्रणा गरिएको महासचिव दुराले बताए । त्यस्तै बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सपरिवार उपस्थिति भई कार्यक्रममा मनोरन्जन गर्न आउन पनि नेफिन यूकेले निमन्त्रणा गरेको छ ।

कार्यक्रममा प्रवेश नि:शुल्क र पेयपदार्थ तथा खाना सशुल्क उपलब्ध गराइने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!