प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउन एनआरएनए यूकेले गर्यो सहयोग

SHARE:

लन्डन ७ अक्टोबर २०२५ । स्वर्गीय प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आर्थिक सहयोग प्रदान गरेको छ।

कार्यसमितिको हालैको बैठकले स्वर्गीय बाडेको भौतिक शरीरलाई नेपाल लैजान आर्थिक सहयोगको लागि अनुरोधपछि एनआरएनए यूकेले कार्यसमिति भित्रैबाट आर्थिक संकलन गरि सहयोग गरेको हो ।

उनको हालै बेलायतमा असामयिक निधन भएको थियो ।

एनआरएनए यूकेले १ हजार एक सय चौध पौण्ड (१११४) रकम स्व. प्रतिमा बडेका श्रीमान उकेश श्रेष्ठको बैंक खातामा हस्तान्तरण गरेको संघका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए।

एनआरएनए यूके बेलायतस्थित नेपाली समुदायको सुख र दुखमा सँगै रहको जनाउँदै अध्यक्ष पुडासैनीले आगामी दिनमा आपतकालिन राहत कोष स्थापनाका लागि समुदायमा जाने तयारी भै रहेको पनि बताए ।

यसै बीच स्वर्गीय प्रतिमा बाडेका श्रीमान उकेश श्रेष्ठले उक्त रकम आफ्नो खातामा जम्मा भै सकेको जनाउंदै दुखको यो घडीमा गरेको मानवीय सहयोगका लागि एनआरएनए युकेप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!