भोलि शनिबार ११ अक्टोबर २०२५, को दिन Rushmoor Cultural Event र Art Festival मा Greater Rushmoor Nepalese Community (GRNC) ले सहभागिता जनाउने भएको छ ।
GRNC को मुख्य उद्देश्य स्थानीय निकाय (Local Authorities) सँग सक्रिय सहकार्य गर्दै नेपाली तथा गोर्खा समुदायको अस्तित्व, पहिचान, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हो। यो GRNC को लागि साँच्चिकै सुनौलो अवसर रहने छ ।
उक्त दुवै कार्यक्रममा GRNC तर्फबाट नेपाली सांस्कृतिक नृत्य प्रस्तुति रहनेछ। Union Yard, Aldershot को लागि सांकृतिक सचिब दिनेश गुरुङलाई संयोजकको जिम्मेवारी दिईएको छ । कार्यक्रम समय: दिउँसो १:४० बजेबाट शुरु हुनेछ ।
St. Michael’s Church, Aldershot को लागि सचिब प्रजेश श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको छ। कार्यक्रम समय: साँझ ४:०० देखि ५:०० बजेसम्म हुनेछ भने मिडिया संयोजकको लागि GRNC का मिडिया संयोजक मिलन तमु र सह-संयोजक गोमा रानालाई जिम्मेवारी दिईएको छ।
Union Yard Aldershot मा GRNC को स्टल रहने छ । स्टलमा GRNC का Project Manager सुषिला थापा, सञ्जय राई, सीमा श्रेष्ठ र श्री ज्ञाम गुरुङले स्टल राख्नेछन्। उक्त स्टलमा हाम्रा आमा र दिदीबहिनीहरूले हातले बुनेका सुन्दर हस्तकला (handicraft) सामग्रीहरूको प्रदर्शन गरिनेछ।
उक्त कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाइदिनको लागि अध्यक्ष लिला सेलिङ माबोले सम्पूर्ण ट्रस्टी, सल्लाहकार, कार्यसमिति, सदस्य तथा सम्पूर्ण महानुभावहरूलाई अनुरोध गरेका छन्।






