लन्डन ११ अक्टुबर २०२५ । बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको सोंपाल समाज यूकेको यही २५ अक्टुबर २०२५ मा पहिलो हाउजिङ च्यारिटी कार्यक्रम हुने भएको छ ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हाउजिङ च्यारिटी कार्यक्रम हुन लागेको समाजका अध्यक्ष जगदीशकुमार गुरुङले जानकारी दिए । कार्यक्रम मध्याह्न १२ देखि राति १० बजेसम्म हुनेछ ।
कार्यक्रममा उपस्थित हुन बेलायतवासी सोंपाल परिवार तथा आफन्तजनहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष तथा कार्यक्रम संयोजक भरत गुरुङले निमन्त्रणा गरेका छन् ।
कार्यक्रममा सहभागी हुने २५ पाउन्ड टिकेट शुल्क लाग्ने छ । सोंपाल समाज यूके सन् २००८ मा स्थापना गरिएको हो ।






