दक्षिण एशियाको पहिलो होमस्टे “सिरुबारी गाउँ युके“ को दशैं तिहार कार्यक्रम सम्पन्न

SHARE:

माया गुरुङ – लणडन ।

शनिवार 11th October 2025, दक्षिण एशियाको पहिलो होमस्टे गाउँ सिरुबारीको South Harrow, Sports & Social Club, Valentine Road, HA2 8EG मा सिरुबारी गाउँ युकेद्वारा आयोजना गरिएको विशेष दशैं तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कुशल सञ्चालक महासचिव धन बहादुर गुरुङले सञ्चालन गरेको सो कार्यक्रमको उदघाटन समाजको अध्यक्ष डेभिड गुरुङ र ज्येष्ठ सदस्य निर्मला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेपछि हाम्रो देशको राष्ट्रिय गान गाएका थिए ।

सो कार्यक्रम पूर्ण तयारी भईसकेको तर गाउँमा आफन्तजन स्वर्ग भएको परिस्थितिले गर्दा; हाम्रा पितृहरू साथै देशका दिवंगत पितृहरूको सम्झनामा वहाँहरू सबैको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेर सामूहिक प्रार्थना गरिएको थियो । नेपालबाट आएका प्रख्यात कलाकार द्वय जुनाश्री मगर र तिलक गुरुङका साथ सबैले बुद्ध प्रार्थना गाएर कार्यक्रमलाई भावनात्मक र धार्मिक वातावरणमा रंगिन तर अलग विशेषता भएको माहौल सिर्जना भएको थियो । कलाकारहरूको प्रस्तुति सँगै उपस्थित समुदायले पितृहरूलाई सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो कार्यक्रममा सबैको सहायताले कार्यसमिति पुरा गरे जसअनुसार डेभिड गुरुङ अध्यक्ष, नवराज गुरुङ र तेजमान गुरुङ उपाध्यक्षहरू, धन बहादुर गुरुङ महासचिव, रङ्गना गुरुङ कोषाध्क्ष, सन्तोष गुरुङ, कृष्ण गुरुङ, सुजन गुरुङ र नवीन गुरुङ सदस्य चयन भएका छन् । त्यस्तै गरी विजय बहादुर गुरुङ, रुद्र बहादुर गुरुङ, प्रकाश गुरुङ र तोरण गुरुङ सल्लाहकारमा चयन भएका छन् भने महिला चेलीबेटीको संयोजक चेली जेकी गुरुङ चयन भएकी छन् ।

उक्त दिनमा डा. संयोग गुरुङ, सिनियर म्यानेजर रङ्गना गुरुङ, कोरपोरल पुकार गुरुङ र डब्लु ओ वान वसन्त गुरुङ, चार्टर्ड एकाउन्ट सुचित्रा गुरुङ, सिनियर वार्ड सिस्टर सृष्टी गुरुङ र डा. विनय गुरुङ ज्वाईंलाई समाजद्वारा सम्मान गरिएको थियो ।

जुनसुकै कार्य गर्दा पनि आर्थिक पक्षको ठूलो भूमिका हुन्छ । सिरुबारी नासाको यो पहिलो कार्यक्रममा आफ्नो जन्मभूमि र माटोलाई माया गर्ने व्यक्तित्वहरू (सदस्यहर र चेलीबेटीहरू) ले अतिनै खुलेर समाजलाई ठूलो रकम सहयोग गरेका छन् र उक्त दिनको खर्च £1640/- भुक्तानी गरेर समाजको खातामा £2706/- जम्म रहेको छ ।
Jay Shree Krishna Jewellery बाट हाम्रो समाजलाई माया गरी कार्यक्रममा राखिएको खेलको लागि First Prize सुनको चन्द्रमा पठाउनु भएको थियो तर यसपटक हाम्रो गाउँघर परिवारमा दुख परेको समय हुनाले सो खेलहरू हटाईएको थियो यद्दपि वहाँलाई धन्यवाद दिंदै अर्को कार्यक्रमको लागि सो प्राईज सुरक्षितसाथ राखिएको छ । यस कार्यक्रममा अध्यक्ष डेभिड गुरुङकी धर्मपत्नी बीना गुरुङले पिउने पानी प्रायोजन गरेकी थिईन् । प्रशस्त र मिठो, स्वादिलो खानापिन धन बहादुर गुरुङ गोर्खा किचेनबाट व्यवस्था भएको थियो भने फोटोग्राफरको भूमिका पुकार गुरुङले निभाएका थिए ।

दशैं-तिहार पर्वलाई परदेशमा पनि जन्मभूमिको माटोसँगको सम्बन्ध र एकताको भावनासँग जोड्दै नेपाली परम्परा, सिरुबारी गाउँको सँस्कार र सँस्कृतिलाई जोगाउने उद्धेश्यका साथ केही समय आगडि खडा भएको सामाजिक कुराहरू व्यक्त गर्दै समाजका अध्यक्ष डेभिड गुरुङले उपस्थित सबैलाई धन्यवाद दिए । समाजको अन्य कुराहरू लगायत सबैको साथ, सहयोग, आपसी मेलमिलाप र सर सल्लाहले समाज अझ सशक्त हुने महासचिव धन बहादुरले बताए । परदेशमा तथा स्वदेशमा जहाँ बसे पनि जन्मभूमिको माया, समुदाय बीचको एकता, सहयोग, आपसी सद्भावले सबैलाई एकै थलोमा ल्याएर साँस्कृतिक, धार्मिक र सामुदायिक एकतालाई थप बलियो बनाएर ईमानदारीतापुर्वक सेवा गरे सबैको हित हुन्छ, सबैको जय हुन्छ भन्ने कुरा सोँपाल समाजका सँस्थापक अध्यक्ष विजय बहादुर गुरुङले व्यक्त गरे ।

विदेशी भूमिमा बसोबास टाढा भए तापनि कार्यक्रममा स्थानीय समुदाय, चेलीबेटी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रम यसरी भव्यताका साथ सम्पन्न भयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!