सहार यूकेको १४औं वार्षिक च्यारिटी डिनर नोभेम्बर २२ मा अल्डरसटमा हुने

SHARE:

सहार यूके (दर्ता नं. 1166494) ले आगामी शनिबार, नोभेम्बर २२, २०२५ मा आफ्नो १४औं वार्षिक च्यारिटी डिनर आयोजना गर्ने भएको छ। कार्यक्रम अल्डरसटको हाइ स्ट्रीटस्थित एम्पायर बैंक्वेटिङ हल (GU11 1DJ) मा बेलुकी ५ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

यो बहुप्रतीक्षित कार्यक्रममा सहार यूके अवार्ड तथा बधाई समारोह समेत हुनेछ, जहाँ समुदायमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू र समूहहरूलाई सम्मान गरिनेछ। साथै, कार्यक्रममा स्वागत तथा धन्यवाद समारोह, आकर्षक राफल ड्र’ (लटरी) पनि रहनेछ, जसमा विभिन्न आकर्षक पुरस्कारहरू जित्ने अवसर हुनेछ।

सांस्कृतिक पक्षमा, यस वर्षको डिनरमा नेपाल र स्थानीय समुदायका कलाकारहरूले प्रस्तुत गर्ने नृत्य र संगीत कार्यक्रमहरू मार्फत मनोरञ्जन प्रदान गरिनेछ। कार्यक्रममा द भ्वाइस अफ नेपाल की चर्चित गायिका नीतु  पुन ले लाइभ प्रस्तुति दिनेछिन् भने, सयपत्री कल्चरल ग्रुप ले रंगीन सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन्, जसले नेपाली संस्कृतिको विविधता झल्काउनेछ।

कार्यक्रमको टिकट मूल्य £४० रहेको छ, जसमा तीन परिकारको भोजनसफ्ट ड्रिङ्क समावेश छ। कार्यक्रमबाट संकलित रकम सहार यूकेका विभिन्न सामाजिक र दातव्य परियोजनाहरूमा खर्च गरिनेछ, जसले बेलायतभरका नेपाली र अन्य समुदायहरूलाई सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

अधिक जानकारीका लागि वा टिकट खरिदका लागि सम्पर्क गर्न सकिने व्यक्तिहरू:

कृष्ण गुरुङ (अध्यक्ष): 07877 263835

सरदा गुरुङ (उपाध्यक्ष/समन्वयक): 07446 058402

वा सहार यूकेको वेबसाइट www.saharauk.com मा पनि जानकारी प्राप्त गर्न सकिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!