अन्र्तराष्ट्रिय नेपाली समाज युकेद्वारा च्यारिटी आयोजना

SHARE:


एटा संवाददाता
अल्डरसट । अन्र्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । गत शनिबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रमको आयोजना गरिएको हो । अन्र्तराष्ट्रिय नेपाली समाज, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालको प्रवासस्थित भातृ संगठन हो ।

भिजन नेपाल च्यारिटी नाईटको नाम दिइएको कार्यक्रममा नेपाली राजदूतावास लण्डनका द्धितिय सचिव एंव कार्यक्रमका प्रमुख अतिथि लव सुवेदीले अन्र्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेले गरेको परोपकारी कार्यको प्रसंशा गरे । त्यस्तै, कार्यक्रममा अन्र्तराष्ट्रिय नेपाली समाज, विज्ञ विभागका संयोजक डा. रेशम थापाले नेपालको वर्तमान अर्थ व्यवस्था बारे जानकारी दिदै भविश्यमा कसरी दिगो बनाउन सकिन्छ भन्ने बारेमा पावर पोइन्ट प्रिजेन्टेशन दिएका थिए । त्यस्तै, ब्रिटेन नेपाल लयर्स एशोसिएशन युकेका प्रवक्ता गोविन्द बेलवासेले गैरआवासीय नेपाली नागरिकता बारे आप्mनो धारणा प्रस्तुत् गरेका थिए ।

अन्र्तराष्ट्रिय नेपाली समाज प्रवास संयोजक धन बहादुर गुरुङको समेत बिशेष उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष ले. चन्द्र गुरुङले च्यारिटी कार्यक्रमको बारेमा जानकारी दिदै च्यारिटीबाट संकलित रकम नेपालको टेलिमेडिसिन र शिक्षामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले प्रमुख अतिथि, अतिथि, प्रायोजक र सहभागी सबैलाई उपस्थिति र सहयोगका लागि धन्यवाद दिए । त्यस्तै, समाजसेवी डा. राधव धिताल ओबिई, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी र त्यस्तै, प्रोफेसर भरत सिम्खडा लगायतले समेत आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा क्यान्सरवाट मुक्त भएका पाण्डव महतोले जर्मन म्याराथुनमा भाग लिएको जनाउदै सन् २०२१ मा नेपालको पूर्व देखि पश्चिमसम्म दौड्ने जानकारी दिए । कार्यक्रममा महतो र पुष्पा उप्रेतीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, मिस युके नेपाल २०११ की बिजेता गौमाया गुरुङले आउँदो पुस ३ देखि ५ सम्म भूकम्पबाट प्रभावित गोर्खा जिल्लामा आप्mनो संयोजनमा हुन लागेको आँखा शिविरको बारेमा बोलेकी थिईन् ।
बेलायतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवि, उद्यमी, व्यापारी र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य सुरज मास्केले व्यापारमा लगानी र चुनौतीका बिषयमा बोलेका थिए । त्यस्तै, सेनाप्ट गु्रपका युवा उद्यमीले इनर्जी लगायतका व्यवसाय बारे बोलेका थिए ।

कार्यक्रममा सोफिया गुरुङले मञ्जुश्री नृत्य प्रस्तुत् गरेकी थिईन् भने गायीका आँचल लामाले विभिन्न गीतहरु प्रस्तुत् गरेकी थिईन् । त्यस्तै, कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि उपाध्यक्ष हेम गुरुङ, उपाध्यक्ष सकुन गुरुङ, शुसिला गुरुङ र मान गुरुङलगायत कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुले बिशेष भूमिका खेलेका थिए ।
अन्र्तराष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष ले. चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका उपाध्यक्ष थम विकले स्वागत मन्तब्य दिएका थिए भने महासचिव कृष्ण गैरे र गौमाया गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!