केवाईसी ग्रेटर रसमोर शाखा यूकेको १५औँ वार्षिकोत्सव तथा बालिहाङ ताङनाम भव्य रूपमा सम्पन्न

SHARE:

लिला सेलिङ मावो – बेलायत।

सनिवार १८ अक्टुवर २०२५ को दिन किरात याक्थुम चुम्लुङ (केवाईसी) ग्रेटर रसमोर शाखा यूकेले आफ्नो १५औँ वार्षिकोत्सव तथा बालिहाङ ताङनाम पर्व भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका मुख्य अतिथि के.वाई.सी. यूकेका उपाध्यक्ष दिपेन्द्र याक्सो रहनु भएको थियो भने विशेष अतिथिका रूपमा केवाईसी. यूकेका संस्थापक अध्यक्ष केजे लिम्बु र अतिथिका रूपमा पहिचानवादी मोर्चा यूकेका संयोजक देवी वहादुर तुम्बाहाम्फे उपस्थित हुनुभएको थियो।

नेपालबाट आगमन गर्नुभएकी कलाकार निरन्ता नेम्बाङ, गायक डी.बी. लिम्बु, तारा लक्सा, लगायतका कलाकारहरूले लिम्बू संस्कृतिको झल्को दिने हाक्पारे, केलाङ, तथा अन्य याक्थुङ सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा ढैस खेल पनि अत्यन्त रमाइलो ढङ्गले प्रस्तुत गरिएको थियो, जसले सम्पूर्ण माहोल झनै उत्साहपूर्ण बनायो।

यस शाखाले पहिलो पटक १५औँ वार्षिकोत्सवको केक काटी उत्सव मनाएको थियो। उक्त केक संस्थापक अध्यक्ष लिला सेलिङ माबोको बहुलीबाट काटिएको थियो। केक काट्ने कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र याक्सो, संस्थापक अध्यक्ष खड्काजाङ आङ्बोहाङ, शाखाका पूर्व अध्यक्ष जित मेन्याङ्बो, र हालका अध्यक्ष थान कुमन नाल्बोको विशेष उपस्थिति रहेको थियो। केक काटेपछि संस्थापक अध्यक्ष लिला सेलिङ माबोले संस्थाको स्थापना कालको सम्झना गर्दै भन्नुभयो।

“संस्था स्थापनाको सुरुवाती समयमा एक पैसाको स्रोत पनि नहुँदा कसरी कठिनाइका बीचमा संस्थालाई अघि बढाइयो र आज यो सफल अवस्थासम्म आइपुग्न सकियो।”

यो वर्षदेखि शाखाले भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि नयाँ पुरस्कार कार्यक्रम सुरु गरेको छ। जसअन्तर्गत ‘Best Dress (Adult Male and Female) ‘Best Dress (Under 17 Boy and Girl) Excellence in Service Award’ वितरण गरिएको थियो।

🏆 पुरस्कार विजेताहरू यसप्रकार छन्:
• Best Dress (Adult Male): खड्काजाङ आङ्बोहाङ
• Best Dress (Adult Female): रिता फोम्बो खापुङ
• Best Dress (Under 17 Boy): अमनहाङ नाल्बो
• Best Dress (Under 17 Girl): अमिक्षा वानेम
• Chumung Branch Award: सूर्य खापुङ

कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण योङहाङले गर्नुभएको थियो। संस्थाका अध्यक्ष थान नाल्बो, उपाध्यक्षहरू बिरेन्द्र लोकताम र मति मेन्याङ्बो, कोषाध्यक्ष टिका मादेन, सह–कोषाध्यक्ष रिचर्ड वानेम, सदस्य गौरीमाया लिम्बु,साथै अन्य सक्रिय कार्यसमिति सदस्यहरूको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

कार्यक्रमको लारिङ्गेक (नाचगान) भागको सुरुवात मति मेन्याङ्बोले गर्नुभएको थियो भने समापन लोकप्रिय गायक आश्रज बोक्खिमले गर्नुभएको थियो। अन्त्यमा तम्बुला (भाग्य परीक्षण खेल) सञ्चालन गरी कार्यक्रमको औपचारिक समापन गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष थान कुमन नाल्बोले सम्पूर्ण अतिथि, सहयोगी, कलाकार, आयोजक तथा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ सक्रिय रूपमा संस्कृति, भाषा र समुदायको हितका लागि काम गर्न आग्रह गर्नुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!