बेलायत – आइतवार १९ अक्टुवर २०२५ को दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम बेलायतको अल्डरसट शहरको De Lounge रेस्टुरेन्टमा सम्पन्न भएको हो।
कार्यक्रमको पहिलो चरणमा नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम सम्पुर्णलाई हार्दिक स्वागत गरेका छन् भने महासचिब फर्म बहादुर दुराले उपस्थित सम्पुर्णलाई स्टेजमा बोलाएर नेफिन युकेको खडा र ब्याजले सम्मान र स्वागत गरेका छन्।
उक्त वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम उपस्थित भएका सवै महानुभाबहरुले दिपावली २०२५ को शुभकामना मन्तब्य दिएका छन्।
शुभकामना मन्तब्य दिनेक्रममा महासंघका संस्थापक अध्यक्ष थर्क राना मगरले नेपाली नागरिकता निरन्तरताको वारेका कुरा उठाएका छन् भने निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले नेपाली नागरिकता निरन्तरता भन्ने संस्था महासंघको मातहतमा स्थापना भएको तर वर्तमान अवस्थामा आइपुग्दा दुइवटा संस्थामा विभाजित भएकोमा दुख व्यक्त गरेका छन्।
सल्लाहकार भक्त बहादुर दुराले नेपालको नयाँ सरकारले विदेशमा बस्ने नेपालीहरुले आउने निर्वाचनमा भोट गर्न पाउने भनिरहेको छ तर भोट गर्ने प्रकृया जटिल भएको निष्कर्ष निकालेका छन्। जसको लागि नेपाली राजदुतावास लण्डनले जसरी हुन्छ सजिलैसंग भोट गर्न पाउने व्यवस्था मिलाउन पर्नेमा जोड दिएका छन्।
त्यस्तै मेजर टेक राइले पनि आगामी निर्वाचनमा बेलायतवाट भोट गर्न लागि बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुले सम्वन्धित निकायहरुमा आवाज उठाउन पर्ने र यसको जिम्मेवारी महासंघले लिनु पर्ने विचार पोखेका छन्।
कार्यक्रममा दिपावलीको झल्को मेटाउने डाइस, त्रिपासा, तास र देउसी भैलोको कार्क्रम राखिएको थियो भने नेपालवाट बेलायत आएका चर्चित कलाकारहरु राजेश वर्देवा, कालिका रोका मगर र जानुका राइले उपस्थित महानुभावहरुलाई भरपुर मनोरंजन दिएका छन्।







