कीतिमानी आरोही बुढामगरले गरे सेभेन समिट अभियानमा छैटौं शिखरको सफल आरोहण

SHARE:


लन्डन २१ अक्टुबर २०२५ । रोल्पाका कीर्तिमानी आरोही हरि बुढामगरले विश्वका सात अग्ला हिमालमध्ये ६ वटा हिमालको आरोहण पूरा गरेका छन् । २०२५ अक्टोबर १८ तारिख बिहान ७:०० बजे ओसियानियाको सर्वोच्च शिखर कास्र्टेन्स पिरामिड (पुन्काक जया) ४८८४ मिटर सफलतापूर्वक आरोहण गरेसँगै बुढामगरले सातवटा हिमालमध्ये ६ वटा हिमाल आरोहण पूरा गरेका हुन् ।

कास्र्टेन्स पिरामिडमा पनि दुईवटा घुँडामुनि दुबै खुट्टा गुमाएका पहिलो आरोहीको रूपमा बुढामगरले कीर्तिमान कायम गरेका छन् । उनले सफल आरोहण पूरा गरेपछि भनेका छन्,“यो आरोहण मेरो सात शिखर (सेभेन समिट) अभियानको छैटौं शिखर हो । यो अभियान अपाङ्गता सम्बन्धी चेतना फैलाउने र आफ्ना सपना प्राप्त गर्न सबैलाई प्रेरणा दिने उद्देश्यले गरिएको हो ।”

बुढामगरले सर्वोच्च शिखर सगरमाथाबाट आरोहण सुरु गरेका थिए । कास्र्टेन्स आरोहपछि उनले भने,“मैले अनुभव गरेँ कि कास्र्टेन्स पिरामिड सात शिखरमध्ये सबैभन्दा प्राविधिक चुनौतीपूर्ण पर्वत हो तर मेरो अद्भूत टोलीको सहयोगले हामी सफल भयौँ ।”

बुढामगरले माउन्ट भिन्सन अन्टार्कटिका आरोण गरेपछि विश्वका सात उच्च हिमालको आरोहण पुरा गर्ने छन् । उनले भने, “अब मेरो सात शिखरको अन्तिम लक्ष्य माउन्ट भिन्सन, अन्टार्कटिका हो, जहाँ हाम्रो टोली डिसेम्बरमा प्रस्थान गर्दैछ ।”

बुढामगर घुँडाभन्दामाथिबाट नै खुट्टा गुमाएका कीर्तिमानी आरोही हुन् । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका हरिबहादुर बुढा मगर अफगान युद्धमा सन् २०१० मा दुबै खुट्टा गुमाएका थिए ।

बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए । उनले योबिचमा विश्वका छ ओटा हिमाल आरोहण गरेका छन् । अब अन्टार्कटिकाको भिन्सन हिमाल आरोह गरेपछि बुढामगरले ‘सेभेट समिट’ पुरा गर्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!