बेलायतमा आयोजित गस्ती अभ्यासमा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान

SHARE:

लन्डन २७ अक्टुबर २०२५ । संयुक्त अधिराज्य (बेलायत)को वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ ।

प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच विजेता टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् । अन्तर्राष्ट्रिय स्तरको उक्त सैनिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपाली सेनाको गौरव उच्च बनाएकामा कदरस्वरूप नौ जना प्रतियोगी र एक जना व्यवस्थापकसहित दश जना सकलदर्जालाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।

३ देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरि स्वर्ण पदक जितेको थियो । उक्त अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए ।

नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिम अभ्यासमा सहभागी थियो ।

गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए । यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!