किन खोसियो बेलायतका राजकुमार एन्ड्रूको उपाधि ?, दुई छोरीको उपाधि यथावत्

SHARE:

लन्डन ३१ अक्टुबर २०२५। बेलायतका राजकुमार एन्ड्रूले आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ।

बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ।

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उहाँले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ।

उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रूले ’ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गर्नुभएको थियो।

यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रूसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहो¥याउनुभएको छ । उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो। एन्ड्रूले उक्त आरोप सधैँ खण्डन गर्दै आउनुभएको छ।

अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले उनले ‘आफ्नो सत्य र असाधारण आँटका कारण बेलायतका राजकुमारलाई उपाधिविहीन बनाएको’ बताएको छ। जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गर्नुभएको थियो ।

राजाबाट ‘राजकुमार एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया’ सुरु भएको राजदरबारले जनाएको छ।

उहाँको राजकीय उपाधिसँगै राजकीय आवास ‘छोड्नका लागि औपचारिक सूचना पनि दिइएको’ दरबारले जनाएको छ।

उहाँ राजा चाल्र्सले किनिदिएको ठानिएको सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्नुहुनेछ।

एन्ड्रूले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ।

राजदरबारले ‘सबै प्रकारका दुव्र्यवहारका’ पीडितमाथि आफ्नो साथ रहने जनाएको छ।

एन्ड्रूका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहने छ।

जूफ्रेको संस्मरणमा यौन दुव्र्यवहारको आरोप प्रकाशित भएपछि राजकुमारको जेफ्री एप्स्टीनसँगको सम्बन्धको विषय पुनः बहसको विषय बनेको थियो।

एन्ड्रूले जूफ्रेसँग दुव्र्यवहार गरेको आरोप अस्वीकार गर्दै आउनुभएको थियो । एन्ड्रूले एप्स्टीनसँग आफ्नो सम्बन्ध पहिल्यै अन्त्य भएको दाबी गर्नुभएको थियो । सन् २०११ का इमेलहरू फेरि बाहिरिएपछि उहाँ एप्स्टीनसँग सम्पर्कमा रहेको पुष्टि आधार बनेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!