१० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्यो, संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

SHARE:


काठमाडौं ५ नोेभेम्बर २०२५ । नेकपा (माओवादी केन्द्र)सहित १० दल एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको पहलमा १० वटा कम्युनिष्ट घटकहरुबीच एकता भएको हो । एकता प्रक्रियामा माओवादी, माधवकुमार नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी,राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), सुभाषराज काफ्लेको जनसमाजवादी पार्टी, चिरन पुन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (साम्यवादी), गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चालगायत छन् ।

पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका थिए । त्यसपछि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् भने कलाकारहरुले फरक-फरक प्रस्तुति राखेका छन् । नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा राख्ने सहमति छ ।

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन भए । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका रूपमा नेपालको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सम्मेलनले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!