हामी विस्तारैविस्तारै डिजिटल माध्यमको नियन्त्रणमा गइरहेका छौं [विचार]

SHARE:

  • विक्रम भट्टराई

तपाईंलाई मध्यरातमा कुनै पनि सानातिना आवाजका कारण निन्द्रा खुल्छ कि खुल्दैन ? फेरि त्यसपछि छिट्टै निदाउन सक्नुहुन्छ कि के छ ? सामान्यतः के कुराहरु तपाईंको मस्त निद्रा भंग हुने कारण बन्छन् ?

म हिजोआज रातमा मस्त निदाएको बेलामा एकपटक कुनै कारणवश उठेँ भनें फेरि निदाउन निकै समय लाग्छ । यस्तो हुनुमा प्रायः कारणहरुमा मोबाइलको घण्टी, विभिन्न पारिवारिक, सामाजिक संजालमा जोड़िएका ग्रुपहरुका नोटिफिकेसनहरु जसमा म्युट गर्न बिर्सेका छन्, त्यो भन्दा पहिले कुनै महत्वपूर्ण कामका लागि लगाएको अलार्म अफ गर्न बिर्सनु, घरका अगाडि, पछाडि जोडिएका सीसीटीभी क्यामरामा अचानक हुने गतिविधिहरुको नोटिफिकेसनहरु, छिमेकीहरुका चहलपहल इत्यादि पर्छन् ।

हुन त, यो विषयमा सबैको पहिलो सुझाव नै के हुन्छ भने ‘कुनै पनि इलेक्ट्रोनिक डिभाइस सुत्ने कोठामा नराख्नुहोस्।’ के यो नै अचुक समाधान हो त ? के तपाईं/हामी हाम्रा मोबाइलहरु अर्कै कोठामा राखेर सुत्न सकिने दिनचर्या छ त ?

वास्तवमै हाम्रो जीवनलाई पूर्णरुपमा डिजिटल संसारले नियन्त्रण गरिसकेको छ । अब मेरो व्यवसायको नै कुरा गर्ने हो भने पनि पूर्णरुपमा मेरो मोबाइल र डिजिटल माध्यमबाट संचालित छ, र उता सेवाग्राहीहरु पनि त्यसैमा भर पर्नुपर्ने हुन्छ । जब कसैलाई मध्यरातमा कुनै आपतकालीन सहायता चाहिन्छ । त्यतिबेला चाहिने भनेकै यही डिजिटल माध्यम हो । अनि म कसरी मेरो मोबाइललाई अर्को कोठामा राखेर मस्त निदाउन सक्नु ! यस्तै अन्य धेरै कुराहरु छन् । हाम्रा दैनिकीहरुमा फरक पार्ने । अब घरको सुरक्षाको निम्ति जडान गरेका सीसीटीभीहरुका नोटिफिकेसन अफ गरेर त्यसको कुनै औचित्य रहँदैन नै । परिवारका सदस्यहरुलाई सहयोग चाहिएको बेलामा तपाईंका फोनहरु स्विचअफ या उठ्दैनन् भने त्यसको के काम । हाम्रा सानासाना बैंकिङ कामहरुदेखि ठुलाठुला पेमेन्टहरु मोबाइल फोनबाट नै गरिन्छ, अझै कतिपय व्यवसायीहरु त संसारका विभिन्न देशका भिन्नभिन्न समयअनुसार सम्पर्क गर्नुपर्ने, लगानी (शेयर बजार) गर्नुपर्ने, अर्डरहरु लिन या दिन पर्ने हुन्छ ।

प्लेन, रेल या बसका टिकट सँगसँगै ट्याक्सी बुकिङ, आपतमा प्रहरीको सहयोगदेखि प्रमाणहरु सुरक्षित गर्नका लागि क्यामरा, आफ्ना मान्छे कता छ यतिबेला भनेर ट्र्याकिङ गर्नेदेखि उसलाई तुरुन्त घर बोलाउन टेक्स्ट गर्ने, घरमा हिटिङ सिस्टम, इलेक्ट्रिक गेटहरु त मोबाइबाट चलाउने भई नै हाल्यो त्यो भन्दा सुन्दा सामान्य लाग्ने वासिङ मेसिन, ड्रायर,अयरफ्रायरदेखि ओवनसम्म, टिभीका मनपर्ने कार्यक्रमहरुदेखि अनलाइन फुड अर्डरसम्म सबै कुराहरु हाम्रा फोनबाट नियन्त्रित छन् ।

हामी विस्तारैविस्तारै यहीं डिजिटल माध्यमको नियन्त्रणमा गइरहेका छौं र यसबाट मुक्त हुनु भनेको जीवन र जगतबाट नै संन्यास लिनु हो जस्तै लाग्न थाल्यो त मलाई त आजकल । के यी सबैलाई मिलाएर लैजाने उपायहरु पनि हुन सक्छन् भने उपायहरु सेयर गरौं न है ।

भट्टराईको फेसबुकबाट साभार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!