लन्डन ७ नोभेम्बर २०२५ । बेलायत निवासी शैलेन्द्र वनेम लिम्बु र ममिता लिम्बु दम्पतीले आफ्ना छोराको जन्मदिनको अवसरमा असहाय बालबालिकालाई आर्थिक सहयोग गरेका छन् ।
ताप्लेजुङ ढुंगेसाँघु तेम्बे जन्मभई बेलायतमा कर्मथलो बनाएका लिम्बू दम्पतीले जेठो छोरा सुयन लिम्बुको सातौं वर्ष पुगेको अवसरमा तार्केश्वर नगरपालिका-१० मनमैजुस्थित एकीकृत समृद्धि नेपालमा आश्रित बालबालिकाहरुका लागि ३० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
संस्थाकी अगुवा समाजसेवी तथा ‘आमा’जुनु पुनले सुयनको नाममा आएको रकमबाट बालबालिकालाई बिहीबार खाना र खाद्यान्न हस्तान्तरण गरेको जानकारी दिइन् ।
सुयनलाई बालगृह प्रमुखलगायत बालबालिकाहरुले शुभकामना र आशीर्वाद दिएका छ्न् । साथै सम्पूर्ण घरपरिवारलाई अझै धेरै प्रगति हुँदै जाओस्, आटेको पुगोस्, मनले चिताएको पुगोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ ।
लिम्बु दम्पतीले हरेक वर्ष सुयनको जन्मदित समृद्धि नेपालका बालबालिकाहरुसँग मनाउने गर्छन् ।






