मिसेस नेपाल युके विजेता बिनु लामिछाने भन्छिन्, ‘समाजका लागि सरप्राइज दिन्छु’

SHARE:

नुवाकोटमा जन्मिएकी बिनु लामिछाने सन् २००९ सालमा डेन्टल नर्सको अध्ययनका लागि लन्डन आइन् । साउथ लन्डन कलेजबाट डेन्टल नर्स र युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेकी लामिछाने सन् २०११ सालदेखि ह्यारोस्थित ह्योरो वेल्ड डेन्टल प्राक्टिसमा प्राक्टिस मेनेजरको रुपमा कार्यरत छिन् । उनले नर्सिङ्ग विषयमा प्रवीणता प्रमाण पत्र तह भने ओम हेल्थ क्याम्पस, काठमाडौंबाट गरेकी हुन् । उनै प्रतिभाशाली लामिछाने गत २४ अक्टोबर साँझ ‘मिसेस नेपाल युके २०१८’ को उपाधि जित्न सफल भइन् । महिलाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्नु पर्दछ भन्ने उद्देश्यसहित लन्डन फेसन हाउसले आयोजना गरेको प्रतियोगितामा १३ जना महिलाहरुलाई उछिनिन् उनले । बिनुले पब्लिव च्वाइस अवार्डसमेत जितिन् । लामो समयदेखि नर्सिङ पेसामा रहेकी मिसेस नेपाल युके २०१८ को उपाधि विजेता बिनु लामिछाने घिमिरेसँग गरिएको कुराकानी ।


मिसेस नेपाल युकेको उपाधि जितेपछि कस्तो महसुस गरिरहनुभएको छ ?
एकदम खुसी छु । २०१८ मा मिसेस नेपाल युके प्रतियोगिता हुँदैछ आउनुपर्छ भनेर मलाई मनिषा दिदीले एप्रोज गर्नुभयो । घरमा सोधेर डिसिजन दिन्छु भनेथें । श्रीमान्लाई सोध्दा उहाँले जानुपर्छ, जाउ भन्नुभयो । त्यसपछि मनिषा दिदीलाई हुन्छ, म आउँछु भनें । प्रतियोगितामा सहभागी हुँदा रमाइलो भयो । कतिपय कुरा मैले सिकें, अनुभव भयो । अवश्य उपाधि जित्छु भन्ने कन्फिडेन्ट ममा थियो । हामीले अब केही गर्नुपर्छ । मिसेस नेपाल युके २०१८ भएर हामीले समाजमा केही न केही गर्छौ । त्यो विषयमा मनिषा दिदी र हामीले प्लान गरिराखेका छौं । धेरै सरप्राइज छन् । ममी पनि मेरो प्रगति देखेर खुसी हुनुहुन्छ ।
के हो सरप्राइज, खुलस्त पारिदिनुहोस् न ?
मनिषा दिदीसँग सल्लाह छ । हामी तत्कालै गर्छौैं तर भन्दिनँ । प्रोसेसमा छ, प्लानिङ । सबै कुरा मिलाएपछि भनेको राम्रो हुन्छ । समाजसेवामै लाग्ने भनेर आको हो यो प्लेटफर्ममा । समाजलाई केही न केही दिन सक्छु भन्ने आशा राखेकी छु । त्यसका लागि मैले सहयोग पाउने छु भन्ने आशा छ ।
१३ प्रतिस्पर्धीलाई उछिनेर उपाधि जित्न कत्तिको मेहनत गर्नुभयो ?
मिसेस नेपाल युके २०१८ को यात्रा लगभग ३ महिनाको थियो । हामीले हरेक हप्ता योगदान गर्नैपथ्र्यो । प्रतियोगितामा प्रस्तुति .दिनुमात्रै ठूलो कुरा होइन, प्रतिभा देखाउनु थियो । हामीले टे«निङहरु लिनु पथ्र्यो । अन्तिम प्रतियोगिता नजिक–नजिक आइसकेपछि त हामीले एक हप्ता निरन्तर तालिम ग¥यौं । त्यहाँ गएसी हिँड्ने, बोल्ने, खाने, बस्ने कसरीलगायत धेरै कुरा सिकेँ । म पहिला बोल्न जान्दिनँ थिएँ । ठाडो बोल्ने । मान्छेले यो कस्तो टर्रो मान्छे भन्थे । मिसेस नेपाल युकेले धैर्यता, बोल्न सिकायो, ममा धेरै सुधार ल्यायो । डेफेनेट्ली, च्यालेन्जिङ भए पनि समाजका लागि केही न केही गर्छु ।
यो प्रतियोगितामा पाइला टेक्दाकै दिनमा उपाधि जित्छु भन्ने लागेको थियो ?
सुरुको दिनमा मिसेस नेपाल युकेको टाइटल जित्छु नै भन्ने थिएन । तर, जब मैले ट्रेनिङहरु गर्दै गएँ, आफूलाई इम्प्रुभ भएको महसुस हुँदै गयो । त्यसपछि ममा धेरै कन्फिडेन्ट आयो । त्यसमा मैले गर्व गरेँ । सबै प्रतिस्पर्धीले संघर्ष गर्नु नै भा’छ । हन्ड्रेड परसेन्ट दिनु नै भा छ । मैले पनि त्यहीअनुसार दिएकी थिएँ । पब्लिकहरुले पनि मन पराइदिनुभयो, मैले बोलेको तरिका, हिँडेका तरिका । रिजल्ट तपाईहरुसामु देखाएँ ।
मिसस बन्ने यात्रामा परिवारबाट के–कस्तो सहयोग पाउनुभयो ?
मेरो श्रीमान् एकदमै सहयोगी हुनुहुन्छ । उहाँले मलाई साथ नदिनुभएको भए सायद म यहाँ हुन्न थिएँ होला । उहाँले नै जाउ, सक्छेउ भनेर हौसला दिनुभयोे । त्यसपछि मेरो ममी पनि नेपालबाट आउनुभयो । उहाँले मेरो बाबु (छोरा) हेरेर सहयोग गर्नुभयो । त्यो नै ठूलो कुरा हो । मेरो साढे दुई वर्षको छोरा छ । उसलाई सधैं छोडेर जान गाह्रै पर्छ । दुवै प्यारेन्टस् काम गर्ने भएपछि टाइमटेबल मिलाउन एकदमै गाह्रो पर्छ । तर, म्यानेज गर्न सकिन्छ । यो बिग प्लेटफर्म हो । कसैले आफूभित्र के छ भन्ने जान्न खोज्नु हुन्छ भने यो राइट प्लेटफर्म हो । म सबैलाई आग्रह गर्छु सबै मिसेसलाई, ‘आउनुस्, आउँदो वर्षमा यो प्रतिस्पर्धामा ।’ यसले मलाई चिनायो । म नेप्लिज नर्सिङ एशोसिएसन युकेको कार्यसमिति सदस्य हुँ । यहाँबाट पनि मैले समाजसेवा थुप्रै गरेको छु । यो प्लेटफर्मले मलाई समाजसेवा गर्न पनि अझ मद्दत पु¥याउँछ । मलाई धेरै अगाडि बढाउँछ जस्तो महसुस हुन्छ । तर, भविष्य कसैले देखेको हुँदैन ।
सुरुमा ताज पहिरिने मात्रै उद्देश्य थियो कि अरु पनि ?
मेरो उद्देश्य समाजसेवा नै हो । बेलायतको फानबोरो, रेडिङमा नेप्लिज् नर्सिङ एशोसिएसनले डेन्टल हेल्थ अवेरनेसको प्रोग्राम गरेको थियो । त्यो कार्यक्रममा डक्टर एशोसिएसनले पनि सहकार्य गरेको थियो । जब मैले त्यहाँ डेन्टल हेल्थ अवेयरनेस प्रोग्राम गरेँ, नागरिकमा जेनरल डेन्टल हेल्थको बारेमा जानकारी रहेनछ भन्ने थाहाँ पाए । त्यसबाट म दुखी भएँ । त्यसपछि नेपाली कम्युनिटीमा डेन्टल हेल्थ केयरबारेको अवेयरनेस पु¥याउनुपर्छ भनेर हरेक वर्ष नर्सिङ एशोसिएनसन र डक्टर एशोसिएनसन मिलेर डेन्टल अवेयरनेस प्रोग्राम गर्दै आएका छौं । यसैलाई म निरन्तर लान्छु । अनि ह्यारोमा जति पनि स्कुल छन्, त्यहाँ भएका बालबालिकाहरु र अन्य गर्भवती महिलाहरुका लागि डेन्टल हेल्थको बारेमा अवेयरनेस कार्यक्रमहरु चलाउँछु नेपाली समुदायलाई प्राथमिकता दिएर । त्यसबाहेक अरु काम त गर्ने नै छु ।
समाजसेवा गर्नलाई ताज नै पहिरिनु पर्ने हो र ?
समाजसेवा गर्न चाहन्छु भनेर एक्लै गर्न खोजे भने म सफल हुन्न । एउटा प्लेटफर्म चाहिन्छ । एउटा वे, रुट चाहिन्छ । समाजसेवीका लागि पत्रकार पनि चाहिन्छ । प्लेटफर्म दिने मनिषा दिदीहरु चाहिन्छ । च्यारिटीमा आइदिने मान्छेहरु, स्रोत, सामग्री सबै चाहियो ।
सामाजिक संस्था भए पुग्ला नि ?
म ब्यूटीमा पनि इन्ट्रेस भएको मान्छे । मलाई डान्स गर्न असाध्यै मन पर्छ । फरक प्लेटफर्ममार्फत समाजसेवा गर्न यस्ता टाइटल पनि आवश्यक पर्छ । हुन त मैले नर्सिङ एशोसिएसनबाट पनि समाजसेवा गरिरहेकै छु । मिसेस नेपाल युके २०१८ भन्ने पहिचानमा जति सान छ, नर्सिङमा त्यत्ति हुन्न । मिसेस नेपाल युकेले पहिचानको दायरा फराकिलो बनाउँछ । मिडियासम्मको पहुँच हुने हुन्छ । यसैले पनि यो अवसर ठूलो हो । म फेरि भन्न चाहन्छु, सबै मिसेसहरु आउँदा दिनमा यो प्लेटफर्म जोडिनुहोस् । अनुभव लिनुहोस् । जित/हार भइहाल्छ ।
यो बाटोबाट उद्देश्यमा पुग्न सकिन्छ भन्ने प्रेरणा कहाँबाट मिल्यो तपाईलाई ?
२०१७ मा मिसेस नेपाल युके पहिलो संस्करण भएको थियो । जब मैले त्यहाँका कन्टेस्टेन्टहरुलाई देख्छु, आस्था जोशी, अमृता दिदी, प्रिमा दिदीहरु । उहाँहरुलाई कसैले चिन्दैनथ्यो पहिला । जब मिसेस नेपाल युकेमा उहाँहरु आउनुभयो, त्यसपछि चिनारीको दायरा फराकिलो बन्यो । अमृता दिदी जहाँ पनि गएको देख्थें । एप्रिसिएसन सर्टिफिकेट लिएको देख्दा म प्रेरित भएँ । र, यो प्लेटफर्म राइट हो भन्ने लाग्न थाल्यो । त्यही भएर मैले गुड डिसिजन लिएँ जस्तो लाग्छ ।
तपाईजस्तै प्रतिभा भएका महिलाहरु युकेमा थुप्रै होलान्, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
म त उहाँहरुलाई एकदम इन्स्पायर गर्न चाहन्छु, ‘मलाई हेर्नुस् । अहिले म एभरेस्ट टाइम्स मिडियामा इन्टरभ्यू दिइराखेको छु । जति पनि महिलाहरु हुनुहुन्छ, आफ्नो प्रतिभा देखाउनुस् । घरमा मात्रै सीमित नहुनुस् । त्यसको मतलब श्रीमान्, बच्चाहरु छोडेर यो लाइनमा लाग्नुस् पनि भन्दिनँ । टाइम मिल्छ भने ।’ म्यानेज गर्न सकिन्छ भने आउँदो वर्ष डेफेनेट्ली ज्वाइन गर्नुस् । मिसेस नेपाल युके २०१९ । तपाईंहरुले आफूमा धेरै चेन्ज पाउनुहुन्छ । र, एउटा एक्स्पेरेन्स पनि हो, धेरै सिक्नुहुन्छ । सबै मिसेसहरुलाई त्यही सन्देश दिन्छु । बाहिर सुन्दरता होइन कि भित्री सुन्दरता हो । आफ्नो टाइम म्यानेज गर्न सक्नु हुन्छ भने त्यहाँ जानुहोस् ।
अन्त्यमा केही भन्नु छ ?
सर्वप्रथम मेरो श्रीमान्लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । उहाँले मलाई सहयोग गरेर म यस्तो ठाउँमा आइपुगेकी छु । मेरो ममी, जो नेपालबाट आएर मेरो छोरालाई हेरिदिनुभयो । लन्डन फेसन होम, मिसेस नेपाल युके २०१७ र २०१८ को टिमलाई पनि धेरै धेरै धन्यवाद । ह्यारो डेन्टल प्राक्टिसमा धेरै सहयोग गर्ने मेरो बोस डा.सन्दीप खालिङ राई । उहाँले जहिले चाह्यो त्यहीले डे अफ दिनुभएको छ । त्यसपछि नेप्लिज नर्सिङ एशोसिएसन युके, उहाँहरुले धेरै सहयोग गरिदिनुभएको छ यो यात्रामा । र, मलाई जतिपनि अडियन्स, जजेज जोजसले सपोर्ट गरिदिनुभयो, उहाँहरुलाई धेरै धेरै धन्यवाद । मलाई पब्लिक च्वाइस अवार्ड पनि जिताइदिनुभयो, तपाईंहरु नभइदिएको भए सायद म यहाँ हुँदिनँ थिएँ होला ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!