बेलायत। आइतबार ९ नोभेम्वर २०२५ का दिन बेलायत सरकारद्वारा आयोजित सेनाताफ स्मृति सभामा बृटिश गोर्खा वेल्फर सोसाइटी (बिजीडब्लुएस) युकेका अध्यक्ष मेजर टिकेन्द्र देवान जेपीलगायत ५५ जना सदस्यहरूले सहभागिता जनाएका छन् ।
उक्त स्मृति सभामा बेलायतका राजा चार्ल्स तृतीय, प्रधानमन्त्री, मन्त्रीहरु, बिभिन्न देशका कुटनीतिक आयोगका व्यक्तित्वहरुलगायत १० हजार भन्दा बढी लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको छ। यस स्मृति सभामा बिजीडब्लुएसले लगातार २२ वर्षदेखि सहभागिता जनाउदै आएको छ ।
बिजीडब्लुएस सदस्यहरु आइतवार बिहान ७ वजे बसको यात्रा गर्दै लन्डनमा आयोजित उक्त स्मृति सभामा सहभागिता जनाएका छन भने सोहि दिन बेलायतको रक्षा मन्त्रालय अगाडी रहेको गोर्खा प्रतिमामा श्रद्धाञ्जली समारोह सम्पन्न गरेका छन्।
गोर्खा प्रतिमामा श्रद्धाञ्जली समारोह सम्पन्न गरेपछि बसको यात्रा गर्दै बेलायतको अल्डरसटमा रहेको भिसी कुलवीर थापाको स्मारकमा पनि श्रद्धाञ्जली समारोह आयोजना गरेका छन्।
उक्त श्रद्धाञ्जली समारोहहरुमा दुइ मिनेट मौन धारण गर्दै मेजर देवानले रिथ अर्पण गरेका छन भने कृष्ण राई (माईला) ले ब्याक पाइपद्वारा घुन खेलेका छन्। त्यस्तै बिजीडब्लुएसका कोषाध्यक्ष डबल्यूओटु टेक थापाले परेड कमान्डर गरेका छन् भने महासचिब डबल्यूओटु क्षत्र राईले कार्यक्रमको संयोजक गरेका छन्।
अन्त्यमा गोर्खा भवन फार्नबोरोमा बिजीडब्लुएसका पिआर प्रकाश गुरुङले साधक इन्द्र गुरुङ र साधिका रोजिस्वरी श्रेष्ठ गुरुङलाई गोर्खा भवनमा स्वागत गरेका छन्।









