घेदुङका पूर्वमहासचिव घलेलाई मातृशोक

SHARE:

नेपाल तामाङ घेदुङका पूर्वमहासचिव सोमबहादुर घले तामाङलाई मातृशोक परेको छ । घलेका ७२ वर्षीया आमा प्रेमकुमारी तामाङको बुधबार बिहान करिब साढे ७ बजे बसुन्धरास्थित चिरायु अस्पतालमा निधन भएको हो । मृतक तामाङको शव बौद्ध परम्पराअनुसार अन्तिम संस्कारका लागि स्वयम्भू पुर्‍याइएको छ ।

दम रोगबाट पीडित प्रेमकुमारीलाई श्वासप्रश्वास गडबडी भएर केही दिनअघि अस्पताल लगिएको थियो । उपचारका क्रममा उनलाई निमोनिया भएको र मुटुमा समेत संक्रमण हुन पुगेपछि बचाउन नसकिएको चिकित्सकले जनाएको छ ।

मृतक प्रेमकुमारीप्रति अन्तिम श्रद्धाञ्जलि दिन सांसद, विभिन्न पार्टीका नेताहरु, इष्टमित्रलगायतको स्वयम्भूमा भीड लागेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!