नागरिकता निरन्तरता र मताधिकार समितिको पहिलो बैठक सम्पन्न, अन्तरक्रिया २३ नोभेम्बरमा

SHARE:


लन्डन २१ नोभेम्बर २०२५ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्‍अन्तर्गत रहेको नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समितिले आफ्नो पहिलो बैठक बिहीबार जूममार्फत सम्पन्न गरेको छ।

समितिका संयोजक बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागी सदस्यहरुले विदेशमा बस्दै आएका नेपाली समुदायका अनुभव, चिन्ता र अपेक्षाहरु प्रस्तुत गरेका थिए । बैठकले नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मतदान अधिकारजस्ता राष्ट्रका महत्वपूर्ण विषयमा प्रत्यक्ष संवाद गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकाल्दै आइतबार, २३ नोभेम्बर, दिउँसो २ बजे (यूके समयमा) जूम मार्फत विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङ र विशेष अतिथिमा वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे रहने समितिले जनाएको छ ।

यस कार्यक्रमले अर्थपूर्ण प्रभाव पार्ने विश्वास समितिका सदस्य डा. कुलप्रसाद कँडेलले व्यक्त गरे । समितिका अनुसार, विदेशमा बस्ने नेपालीका लागि नागरिकता निरन्तरता र मतदान अधिकार कानुनी विषय मात्र नभई हाम्रो पहिचान, मातृभूमिप्रतिको दायित्व र आगामी पुस्तासँग जोडिएको संवेदनशील मुद्दा हो । सम्बन्धित सबैलाई कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न आग्रह गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!