सरस्वती थापा मगर – बेलायत।
गत ६ डिसेम्बर शनिबारका २०२५ को दिन बेलायतको स्विन्डनस्थित वालकोट डोम हलमा मगर महिला संघ बेलायत स्विन्डन शाखाद्वारा आयोजित च्यारीटी लेडिस नाइट कार्यक्रम भव्य र सभ्यताकासाथ समपन्न भएको छ।
उक्त च्यारीटी लेडिस नाइट कार्यक्रम सुइन्दन शाखाकी अध्यक्ष श्रीमती सरस्वती थापा मगरको अध्यक्षतामा ११ औँ स्विन्डन लेडिस चरिटी नाइट कार्यक्रम सम्पन्न भएको हो ।
च्यारीटी कार्यक्रम गर्नुको उद्धेश्य “Givina Helping Hand फौन्देशन” को सहयोगार्थमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा मगर महिला संघ बेलायतकी अध्यक्ष श्रीमती सरला राना मगर, विशेष अतिथि मगर संघ बेलायतकी उपाध्यक्ष श्रीमती बिष्णु श्रीस मगर सहभागी हुनुभएको थियो साथै स्विन्डनका बिभिन्न संघ सस्थाहरुका महिला नेत्रीहरुलाई समेत निमन्त्रणा गरिएको थियो।
स्विन्डनबासी दिदीबहिनीहरुको आपसमा भेटघाट गरेर मनोरंजन लिनुका साथै स्वादिष्ट परिकारहरुबाट आनन्द महसुस गर्दै, विशेष राफल ड्रबाट दर्शक श्रोताहरुले भरिपूर्ण मनोरंजन लिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव रोना थापा मगरले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष देविना थापा मगरले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।







