लन्डन ११ डिसेम्बर २०२५ । साहित्यकार तथा एभरेष्ट टाइम्स यूकेका अतिथि सम्पादक विजय हितानलाई मातृशोक परेको छ ।
विजयकी आमा प्रेमकुमारी हितान मगरको ८१ वर्षको उमेरमा बिहीबार २५ मंसिर २०८२ (११ डिसेम्बर २०२५) बिहान ३:४५ मा निधन भएको हो । छोरा विजय हितानका अनुसार प्रेमकुमारी केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो ।
प्रेमकुमारीको बुटवल मूलघरमा अन्त्येष्टि कार्य गर्ने तयारी छ ।






