​तमु समाज युकेले ३ जनवरीमा ल्होछार/ल्होसार मनाउने, चिज र निर्जलाको दोहोरी भिडन्त

SHARE:

लन्डन ३१ डिसेम्बर २०२५ । हरेक वर्षझैं विविध कार्यक्रमसहित तमु समाज युकेले आगामी ३ जनवरी २०२६ मा ल्होछार/ल्होसार मनाउँदै छ ।

नेपालबाट आएका गायक चिज गुरुङ, गायिका निर्जला गुरुङको दोहोरी भिडन्तलगायत कार्यक्रम गरी समाजले ल्होछार/ल्होसार अर्थात् नयाँ वर्ष मनाउन लागेको हो । ह्यारो लेजर सेन्टरको बायरन हलमा शनिबार ३ जनवरीमा त ल्हो (घोडा वर्ग)को अवसरमा हुने कार्यक्रममा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमलगायत आकर्षण गरेको तमु समाज युकेकी अध्यक्ष विन्दु कुमारी घले गुरुङले जानकारी दिइन् ।

कार्यक्रम साँझ ४:३० बजेदेखि राति साढे १२ बजेसम्म हुनेछ । कार्यक्रममा सपरिवार उपस्थितिका लागि बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरूलाई तमु समाज युकेले निमन्त्रणा गरेको छ ।

तमु वर्गचक्रअनुसार सप्री–ल्हो (सर्प वर्ग)को बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायत, नेपाल लगायत देशमा त ल्हो ल्होछार मनाउँदै छन् । गुरुङ समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन् ।

कार्यक्रमका विशेष आकर्षणहरू:
विशेष सांगीतिक प्रस्तुति: नेपालबाट विशेष रूपमा आमन्त्रित ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरू चिज गुरुङ र निर्जला गुरुङको धमाकेदार सांगीतिक प्रस्तुति (तमु प्ये ल्हु संघ यूकेको समन्वयमा)।

सांस्कृतिक नृत्य: तमु समाज यूकेका प्रतिभाशाली कलाकारहरूद्वारा मनमोहक मौलिक सांस्कृतिक नृत्यहरू।

मौलिक पहिचान: गुरुङ समुदायको पारम्परिक भेषभूषा र सांस्कृतिक पोसाक पहिरिएका युवा युवतिहरुद्वारा त ल्हो (घोडा बर्ग) को स्वागत गरिने छ।
राफल ड्र: आकर्षक उपहार तथा पुरस्कारहरू जित्ने अवसर।

विशेष पुरस्कार घोषणा :
तमु भेषभूषा, भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस कार्यक्रममा “उत्कृष्ट मौलिक तमु पोसाक”मा सहभागी हुने महानुभावहरूमध्येबाट:
१ जना पुरुष र १ जना महिलालाई छनोट गरी विशेष ट्रफीद्वारा सम्मान/पुरस्कृत गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!