बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजनामा रिम्पोछेबाट शिठो अभिषेक वाङ प्रदान

SHARE:

लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजनामा अभिषेक (वाङ) प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गत १० नोभेम्बरमा आयोजित कार्यक्रममा हिज इमिनेन्स पाल्युल खेन्छेन छेवाङ ग्याम्सो रिम्पोछेबाट शिठो अभिषेक वाङ प्रदान गरिएको हो । कार्यक्रममा सहभागी हुने क्रममा रिम्पोछेलाई सम्पूर्ण भक्तजनहरुले भव्य स्वागत गरेका थिए भने उनले बुद्धको प्रतिमा र छ्योर्तेनमा पूजापाठका साथै दीप प्रज्ज्वलन गरे ।

महासचिव रविन गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष धर्म तामाङले गरेका थिए । कार्यसमिति, आमा टोली र गुम्बाको तर्फबाट मण्डला अर्पण गरिएको थियो । बीसीसी युकेका स्पिरिच्युअ डाइरेक्टर खेन रिम्पोछे छेवाङ गुरुद्वारा नेपालीमा अनुवाद गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष काजी शेर्पा, सल्लहाकार मेजर खुसीमान गुरुङ, जंग गुरुङ साथै अन्य सल्लहाकारहरु, निवर्तमान कोषाध्यक्ष कुसंग गुरुङ, आमा समूहको निवर्तमान अध्यक्ष ज्ञानु गुरुङ तथा वर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुसहित विदेशी भक्तजनहरुको सहभागिता थियो । सो कार्यक्रमलाई सफल पर्न आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, सहसचिव सिबू गुरुङ र सम्पूर्ण आमा समूहको बिशेष भूमिका रहेको थियो । भक्तालुहरुले भोजन दान पनि गरेका थिए । अन्तमा अध्यक्ष नरेश गुरुङबाट सम्पूर्ण भक्तजन तथा भोजन दान गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । दिउँसो १२ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे सकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!