बेलायतमा महागुरु फाल्गुनन्दको १३४औं जन्मजयन्ती

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट । किरात सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज बेलायतले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दको १३४औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको छ ।

सदाको वर्षहरु जस्तै यसवर्ष पनि बेलायतको विभिन्न ठाउँबाट किरात धर्मका भक्तजन र शुभचिन्तकहरु भेला भएर १६औँ राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दको १३४औँ जन्म जयन्ती मनाएका हुन् ।

गत ११ नोभेम्बर बेलायतको फेल्थाममा आयोजित कार्यक्रम प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेका पूर्वकेन्द्रीय अध्यक्ष सुबासचन्द्र जबेगु र अन्य अतिथि कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दल प्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवी तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुबर्ण नेम्बाङ्, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पूर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजाम, मोरङ नेपाल क्षेत्र नम्बर ६ का भूतपूर्व सभासद तारा राई साथै अग्रज समाजसेवीहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी सुरुआत गरेका थिए । कार्यक्रममो उद्घाटनपछि महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापूजा सुरु गरेका थिए ।

सेवापूजा सकेपछि समाजका वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका सदस्य पूर्णकुमार फालेच्छा हालै धनकुटा सेवा समाजको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्ने अवसर पाएकोमा संस्थाले कार्यकाल सफलता साथै बधाई दिए ।

अन्त्यमा अध्यक्ष दिपक तुम्बापोले सम्पूर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तब्य दिएका थिए र सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!